नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । 

भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उनको मिर्गौला प्रत्यारोपण भएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताएका छन् । 

मिर्गौलामा समस्या आएपछि खनाललाई उपचारको लागि दिल्लीको एपोलो अस्पताल लगिएको थियो । 

उक्त अस्पतालमा नेफ्रोलोजिस्ट डा। अखिल मिश्रको नेतृत्वमा उपचार भइरहेको थियो । आज डा। सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टीमले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको भट्टराईले बताएका छन् । 


खनाल केही समय अस्पतालमै रहेर आराम गर्ने उनले बताए । यसअघि उनी अस्वस्थ भएपछि काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।