सुनसरी ।  खेलाडीहरुलाई पोत्साहन गर्ने उदेश्यले वराहक्षेत्र नगरपालिका वडा नम्बर २ को कार्यलयले महिला फुटबल खेलाडीहरुका लागी   जुत्ता प्रदान गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहभागीता जनाई सकेको स्थानिय माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबमा नियमित अभ्यास गर्दै आईरहेका खेलाडिहरुलाइ उपलब्ध हुने गरि १५ जोर जुत्ता  वडा कार्यलय मार्फत उपलब्ध गराईएको वडाध्यक्ष हरिकृष्ण भट्टराईले बताए ।

    जुत्ता वितरण कार्यक्रममा क्लबका अध्यक्ष तथा प्रशिक्षक सुर्य तुम्बाहाङ्फेलाई वडाध्यक्ष भट्टराईले हस्तान्तरण गरेका थिए । 

वडा कार्यलयमा भएको उक्त हस्तान्तरण कार्यक्रममा  वडा सचिब गोपाल शर्मा , क्लबक उपाध्यक्ष जितेन्द्र राई , स्थानिय समाजसेबि ज्ञानु लामा, रोशन श्रेष्ठ ,खेलाडी मनिषा विष्ट लगाएतको उपस्थिति रहेको थियो ।

   महिला फुटबल खेलाडि उत्पादनको हवको रुपमा बिकास भईरहेको चतरामा वडाले उपलब्ध गराएको जुत्ताले खेलाडिलाई थप पोत्साहन र खेल खेल्न उर्जा मिलेको क्लबका अध्यक्ष तथा प्रशिक्षक सुर्य तुम्बाहाङ्फेले बताए ।