मोरङ । मोरङमा केही समय अघि सम्म कोरोना संक्रमण जोखीम कम भएतापनि पछिल्लो समय जोखीम बढेपछि मोरङको उर्लाबारी नगरपालिकाले निषेधाज्ञा जारी गरेको छ ।

नगरपालिकाले मंगलबार मध्यरातिदेखि साउन १९ गते रातिसम्म नगरका सम्पूणर् सेवा तथा व्यवसाय बन्द गर्ने निणर्य भएको नगरपालिकाले जनाएको छ 

उर्लाबारी नगरपालिकाको विपद् व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले कोरोनाको ‘चेन ब्रेक’ गर्न बुधबार बिहानबाट लागु हुनेगरी औषधि, दुध डेरी, कलेजका परीक्षा र खानेपानी सेवाबाहेक अन्य सबै सेवा तथा व्यवसायहरू बन्द गर्ने निणर्य गरेको उर्लाबारी नगरपालिकाका मेयर खड्गबहादुर फागोले बताउनु भयो ।

यस अघि उर्लाबारी सग सिमाना जोडिएको झापाको दमक नगरपालिकाले निषेधाज्ञा गरी सकेको छ ।

यस्तै पछिल्लो समय मोरङका स्थानीय तहहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण मोरङ जिल्ला भरी नै निषेधाज्ञा जारी हुने संकेत जिल्ला प्रसाशन कार्यालय मोरङले गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाका अनुसार निषेधाज्ञा खुकुलो भएसँगै लापरवाही बढेको र स्वास्थ्य सतर्कता तथा मापदण्ड पालना नगरेका कारण संक्रमणको अनुपात बढेको बताउदै निषेधाज्ञा जारी गर्ने अवस्था आउन सक्ने बताउनु भयो । यद्यपी उनले निषेधाज्ञा जारी गरिएपनि केही सहज बनाइने उहाको भनाई छ ।