मोरङ । नेपाली काग्रेस मोरङ क्षेत्र नम्वर १ ले उर्लाबारीको तरुण दल उर्लाबारी नगर सभापति रोहित कार्की नै भएको बैठकको निणर्य सार्वजानिक गरेको छ ।

पछिल्लो समय ४ वर्ष सम्म तरुण दलको संगठानात्मक राजनिति बाट विदा लिएर ४ वर्ष पछि तरुण दलको पदिय जिम्मेवारीमा फिर्ता भएको घोषणा गरेका नारायण सिटौलाको दाविलाई क्षेत्र नम्वर १ ले मान्यता नदिएको व्यहोराको निणर्य सार्वजानिक गरेको हो ।

गत साउन ७ गते विहिबार बसेको क्षेत्र १ का पदाधिकारीको बैठकले २०७५/११/१६ को निणर्यअनुसार नै तरुण दल उर्लाबारीको सभापति कार्की नै भएको निष्कर्ष सहितको निणर्य सार्वजनिक गरेको छ ।

पार्टी कार्यालय उर्लाबारीमा बसेको पदाधिकारीहरुको बैठकले सो निणर्य गरेको हो । यस्तै सोहि बैठकले अन्य बुँदे निणर्य पनि गरेको छ । 

१. १४ औ महाधिवेशन क्षेत्र भित्र शान्त र भव्य रुपमा सम्पन्न गर्ने ।

२. काग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्रि भएकोमा कार्यकाल सफलताको शुभकामना सहित नेपाली जनताले कोभिड खोप तत्काल पाउने ब्यावस्था होस आम नेपालीले सरकार भएको महशुस गर्नु पाओस ।

३. नेपाली काङ्ग्रेसका प्रतिनिधि हुँ भन्नेहरुले नेकपा एमाले संग मिलेर क्षेत्रीय सभापति तथा उर्लाबारी प्रमुख बिरुद्ध प्रेस विज्ञप्तिप्रति क्षेत्रीय समिति भत्सर्ना गर्दै जिल्ला केन्द्रमा जानकारी गर्ने ।

४. २०७५/११/१६ को निणर्यअनुसार नेता द उर्लाबारी नगर सभापति  रोहित कार्कीनै रहेको निष्कर्ष सहित निणर्य ।