मोरङ । उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागोले आज एक कार्यक्रमका विच व्याडमिन्टन कर्बड हलको उद्घाटन गरेका छन् ।

उर्लाबारी ७ मा स्थानिय व्याडमिन्टन खेलाडीहरुले आफ्नै खर्चमा निर्माण गरेको कर्वड हलको उद्घाटन गरेका हुन ।

व्याडमिन्टन खेलमा सौख राख्ने स्थानिय खेलाडीहरुले आफूहरुबाटै रकम संकलन गरेर र केही रकम विदेशमा रहेका उर्लाबारी वासीबाट सहयोग जुटाई  कवर्ड हल निर्माण गरेका हुन् । 

कर्वड हल उद्घाटन् समारोहका प्रमुख अथिति मेयर फागोले कुनै पनि खेल शारिरिक तन्दुरुस्तीका लागि आबश्यक रहेको बताउदै व्याडमिन्टन पनि खेल शारिरिक तन्दुरुस्तीका साथै व्यावसायिक खेलको एउटा पाटोे भएको भएको बताए ।

साथै मेयर फागोले खेलाडीहरुले स्वतस्फुर्त रुपमा निर्माण गरेको कर्वडहल भएता पनि अन्य आवश्यक पूर्बाधारका लागि नगरपालिका सहयोग गर्न तत्पर रहेको समेत समेत बताए 

कर्वड हल संचालनका लागि स्थानिय खेलाडी युवाहरुले जग्गा भाडामा लिएर ७ लाख बढीको लगानीमा कवर्डहल निर्माण गरिएको उर्लाबारी भेट्रान व्याडमिन्टन क्लबका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । 

कवर्डहल निर्माणमा अध्यक्ष भण्डारीले १ लाख ७० हजार रुपैयाँ सहयोग गरेका छन् । यस्तै, युवा व्यवसायी तारामान सेरेङ लिम्बूले २१ हजार ५ सय, डम्बर सुब्बाले २० हजार सहयोग गरेका छन् । 

अन्य ३५ जना खेलाडीबाट ५ देखि १० हजारसम्म रकम संकलन गरिएको छ । यस्तै, विदेशबाट ११ जना व्यक्तित्वबाट झण्डै १ लाख रुपैयाँ सहयोग प्राप्त भएको अध्यक्ष भण्डारीले बताए ।

कवर्ड हल उद्घाटन कार्यक्रममा उर्लाबारी वडा नं. ७ का वडाध्यक्ष वीरबल थापा, उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष प्रितम खड्गी, सञ्चार क्लब नेपालका अध्यक्ष सरोज बस्नेतलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 क्लबका सल्लाहकार तारामान सेरेङ लिम्बूले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव दुर्गाप्रसाद पौडेलले सञ्चालन गरेका थिए । 

कार्यक्रममा उर्लाबारी व्याडमिन्टन क्लबका अध्यक्ष हंशराज फागो, उर्लाबारी जेसीजका अध्यक्ष अशोक धिमाल, उर्लाबारी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष विनोद न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।