रामधुनी : नेकपा माओवादी केन्द्र रामधुनीले सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको निर्णय बदर गरेपछि स्वागत गर्दै दीप प्रज्ज्वल गरेको छ ।

झुम्का बजारमा सोमबार बेलुका दीप प्रज्ज्वलन गर्दै ‘सम्मानित सर्वोच्च अदालतको निर्णयलाई सम्मान गरौं, लोकतन्त्र जिन्दावाद’ भन्दै उपस्थितले नाराबाजी गरेका थिए ।

नेपाली जनताको लामो बलिदान त्याग, तपस्याबाट ल्याएको गणतन्त्र संविधानको मर्म र भावना बिपरित कार्य गर्ने सबैलाई अदालातले माफि नदिएको र जनताको बिजय भएको भन्दै उत्साह स्वरुप दीप प्रज्वलन गरेको नेकपा माओवादी केन्द रामधुनीले जनाएको छ ।

दीप प्रज्वलन कार्यक्रममा नेकपा माओवादी केन्द्र रामधुनीका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।