मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले कोरोना भेरोसेल खोपको दोस्रो मात्रा लगाइने केन्द्र र समय तोकोको छ ।

नगरपालिकाले कोराना भेरोसिल खोपको पहिलो मात्रा लिएकाहरुका लागि दोस्रो मात्रा खोप उपलब्ध गराउने भएको हो । गत जेठको २५ र २६ गते ६२ वर्ष वा सो भन्दा माथीका जेष्ठ नागरिकहरुलाई उपलब्ध गराएको पहिलो मात्राको खोपको दोस्रो डोज यहि असार २६ गते उपलब्ध गराउने भएको हो ।

दोस्रो डोजका लागि नगरपालिकाले आसार २६ गते विहान ११ बजे देखी बेलुकी ५ सम्मको समय तोकेको छ । दोस्रो डोज खोप उपलब्ध हुने स्थानहरुमा उर्लाबारी ३ को मंगलबारे अस्पताल, उर्लाबारी ४ आइतबारेको शिवालय मन्दिर, उर्लाबारी ६ को राधिका मावि, र उर्लाबारी ८ को अरनिको माविलाई केन्द्रको रुपमा छनौट गरेको छ ।

नगरपालिकाले कोरोना भेरोेसिल खोपको दोस्रो मात्रा लगाउन आउदा अनिवार्य रुपमा पहिलो भेरोसिल खोप लगाएको कार्ड हुनु पर्ने जनाएको छ । साथै पहिलो मात्रा खोप लागएकै केन्द्रहरु बाट मात्रै दोस्रो डोजको मात्रा उपलब्ध गराइने भएका कारण पनि पहिलो मात्रा लगाएकै सेवा केन्द्रहरुमा गइ दोस्रो डोज सेवा लिन पनि अनुरोध गरेको छ ।