पथरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिदै जादा वडा देखी केन्द्र सम्म पदीय नेतृत्वमा पुग्ने दौड चलिरहेको छ ।

जति-जति महाधिवेशनको मिति नजिकिदै छ त्यती-त्यती वडा देखी केन्द्र सम्म नेपाली काग्रेसमा शक्तिशाली मानिएको पदिय नेतृत्व सभापतिमा उम्मेद्वारी घोषणा गर्ने र दावि गर्नेहरुको चर्चा हुदै आएको छ ।

आगामी साउन १२ देखी वडा स्तरिय अधिबेसनबाट सुरु हुन लागेको नेपाली काग्रेसको १४ औ महाधिवेशनमा उत्तरी मोरङको लेटाङ नगरपालिकामा सामाजिक, राजनैतिक र आर्थिक क्षेत्रमा सहज, सरल र पारदर्शी छवि बनाएका युवा कुबेर पौडेलले नगर सभापतिमा उम्मेरद्वारी घोषणा गरेका छन् ।

१४ औ महाधिवेशन बाट पार्टीको नगरलाई हाक्ने जोस र जाँगरका साथ अगाडी बडेका पौडेलले “युवा सहितको नेतृत्व काग्रेसको अस्तित्व” भन्ने मुल भाव बोकेर सभापतिको नेतृत्वमा उम्मेद्वारी घोषणा गरको बताए । 

उमेरले भरखै ३४ वर्षको यात्रामा हिडीरहेका पौडेल जिन्दगीको छोटो समयमै कडा मेहनती स्वभाव, सरल र सहज ब्याक्तित्वकै कारण उत्तरी मोरङको लेटाङ नगरपालिकाको भुगोलमा आफुलाई स्थापित गराउन सफल भए । 

पार्टीगत रुपमा कांग्रेसको १२ औं महाधिवेशनमा तत्कालिन जाँते गाविसको कार्य समिति सदस्य भएर राजनीति सुरु गरेका पौडेलले १३ औैं महाधिवेसमा राजनैतिक यात्राको ग्राफ बढेर तत्कालिन जाते गाविसको सचिवमा पुग्यो ।

राज्य पुनसंरचना पश्चात बनेको लेटाङ नगरपालिकामा हाल कुबेरले लेटाङ नगर सचिवको कार्यभार सम्हाली रहेका छन् ।

राज्य पुनर्संरचना पछि जाँते गाविस लेटाङ नगरपालिका बन्यो । पार्टीको नियमानुसार नगर समितिमा लेटाङका दुई, जाँतेका दुई र वारङ्गीका दुई गरी ६ सचिव भए । तर, पार्टीले समायोजन पछिको समितिमा पौडेललाई मात्र सचिवमा चयन गर्‍यो । 

नेपाली कग्रेसमा पार्टीको सानो क्षेत्र देखी केन्द्रिय स्तर सम्म शक्तिशालि मानिएको सभापति पदमा औषत रुपमा ४०/४५ वर्ष नाघेकाहरुले नै जिम्मेवारी पाउने परम्परा रहेको भएता पनि त्यसलाई चिर्दैे युवा सहितको नेतृत्वले मात्रै काग्रेसको अस्तित्वलाई बचाउने ठानेर परिवर्तन सहित शक्ति विकेन्द्रिकरणक हुनुपर्छ भन्ने मान्यताको बुझाइले सभापतिमा आफ्नो उम्मेद्वारी रहेको पौडेलको भनाई छ ।

पौडेल भन्छन्-“युवाहरूले नेतृत्व लिन खोज्दा कपाल फुलेको छ छैन्,जेल बसेको हो होइन ? आदी इत्यादी सोध्ने गरिन्छ यो परम्परागत शैलि हो अबका दिनमा परम्परागत शैलिलाई त्यागेर आधुनिकता र समयाअनुकुल बनाएर लैजानु पर्‍यो ।” 

बिगतमा लेटाङको जाते र अन्य क्षेत्रमा कमजोर बनेको काग्रेसलाई युवाहरुको सक्रियताले नै काग्रेसमय बनेको स्मरण गर्दै पौडेल भन्छन्-“कांग्रेस खोज्नु पर्ने ठाउँहरू आज कांग्रेसमय छ, कांग्रेसमा आएका युवाहरूलाई पार्टी नेतृत्वले उपयुक्त अबसर दिन सक्नु पर्दछ हैन भने फेरि पनि संगठन कमजोर हुन्छ त्यसैले नीतिगत रुप मै कांग्रेसलाई सशक्त बनाउने अभियानमा लाग्नु पर्छ ।”

लेटाङमा सानै उमेर देखी विभिन्न सघसस्थामा रहेर आफुलाई परिपक्व बनाउन लागि परेका पौडेलले २६ वर्षकै उमेरमा स्थानिय नमुना बचत तथा ऋण सहकारी सस्थामा ६ वर्ष लेखा संयोजकको जिम्मेवारी सम्हाले जसलाई आर्थिक रुपमा सवल बनाउदै पौडल सोही सस्थाको अध्यक्ष समेत बने भने यता लेटाङका सयौ व्यावसायीहरुको साझा सस्था लेटाङ उद्योग वाणिज्य सङ्घको उद्योग सचिव जस्तो जिम्मेवार पदमा अफुलाई सफल सावित गरे । 

पौडेल सहकारीमा होस या, वाणिज्य सघ । पार्टीमा होस या सामाजिक गतिविधिमा उनले हात हालेका सवै ठाउमा अफुलाई सफल सावित गरेर कसैलाई औला उठाउने ठाउ दिएनन् ।

पौडेललाई चिन्नजान्ने लेटाङबासी र उनका व्यावसायिक तथा सामाजिक परिवेश सग जोडिएकाको एउटै बोली छ-“धन,मन र तनका कुबेर हुन उनि ।”

सहयोग माग्न आउनेहरू कुबेरको द्वारबाट खालि हात नफर्किएको धेरैको बुझाई छ । लेटाङ उद्योग वाणिज्य सङ्घको उद्योग सचिव भएपछि कुबेरलाई आफ्नो गतिबिधि बिस्तार गर्ने अर्को अबसर जुर्‍यो । 

पार्टी सचिव हुँदा कांग्रेसी साथी भाइसँग मात्र सम्बन्ध बिस्तार गर्न सक्नु भएका पौडेल अहिले ब्यापारी र उद्योगी बीच पनि उत्तिकै लोकप्रिय बने ।

पौडेल कुनै गुट वा समूहमा आफु आबद्ध नभएको बताउछन् । उनि भन्छन् काग्रेस मेरो राजनितिक घर हो यहाका सवै सदस्य मेरा लागि समान छन् मैले कुनै गुट वा समूहको समर्थनमा उम्मेद्वारी दाबी गरेको हैन म भित्र लेटाङ काग्रेसको नेतृत्व गरी समृद्ध लेटाङ बनाउने अद्भुत चाहाना भएका कारण समृद्ध लेटाङको पहरेदार बन्न उम्मेद्वारी दिएको हुँ।