वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीले वार्तामा आउन आन्दोलनरत पक्षसँग अनुरोध गरेका छन । बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले लामो समयदेखि प्रतिष्ठानमा आन्दोलनरत कर्मचारी, चिकित्सक तथा विद्यार्थीलाई वार्तामा आउन आग्रह गरेका हुन् । धरानमा रहेको  स्वास्थ्योपचार र चिकित्सा शिक्षामा नेपालकै उत्तम गन्तव्यको रुपमा रहेको प्रतिष्ठानमा १६ दिनदेखि शुद्धिकरण अभियान अन्तरगत आन्दोलन भइरहेको छ । प्रतिष्ठानमा भैरहेको अनियमितता, भ्रष्टाचार र व्याप्त बेथिति विरूद्ध निष्पक्ष छानवीनको माग राख्दै आन्दोलन भएको हो ।

  प्रतिष्ठान प्रतीको तपाईंहरूको माया र न्यायोचित निष्ठाप्रती उच्च सम्मान गर्दछु’, उपकुलपति डा. गिरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ’तपाईंहरूको साथ, सहयोग र हाल भैरहेको आन्दोलनको बलमा एकताबद्ध भइ देशकै गौरव र प्रतिष्ठा बोकेको प्रतिष्ठानको विगतको इतिहास, वर्तमान उचाई र भविष्यमा अझै उचाईको शिखरमा पुग्छ भन्ने कुराको विश्वास लिएको छु ।’  उपकुलपति गिरीले प्रतिष्ठानलाइ व्यक्तिगत स्वार्थबाट लिप्त भएका केहिले समस्याको चंगुलमा फसाएको र त्यसलाई चिर्नको लागि अहिले भैरहेको आन्दोलन सान्दर्भिक भएको विज्ञप्ति मार्फत स्पष्ट पारेका छन । 


वार्ताका दौरानमा आफुले कसैलाई कुनै प्रकारको दुव्यबहार नगरेको जानकारी गराउदै व्यक्तिगत चरीत्र हत्या गर्ने उदेश्यले परिस्थितिको गलत तरिकाले सञ्चार माध्ययम मार्फत आम सर्व साधरण विच भ्रामक समाचार फैलाएको निम्ति खेद प्रकट गर्दै त्यसबाट प्रतिस्ठानको छविमा आच पुग्न गएको मा उनले दु:ख पोखेका छन् ।

आफ्नो कार्यकालमा कुनै गैरकानुनी काम गरेको भए अख्तियारलाई छानवीन गर्न र दोसी ठहर भए कानुन सम्बत कारबाही गर्न भनेका छन । प्रतिष्ठानमा भैरहेको आन्दोलनलाई नजरअन्दाज गर्दै उनी काठमाडौँ भागेको आन्दोलनरत पक्षको आरोप छ । तर उनले भने प्रतिष्ठानको भलाइका लागि मन्त्रालयसँग लविङ  गर्न गएको तर्क गरेका छन । प्रतिष्ठानमा अहिले देखिएको अन्योल हटाउन सबै पक्ष एकाकार हुनु पर्ने आवश्यकता रहेको भन्दै वार्तामा आउन उनले अनुरोध गरेका छन ।202623161_513364336654290_3992534553178605957_n