पथरी ।

इलाका प्रहरी कार्यालय पथरीले चोरीको आरोपमा एक व्याक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीको टोलीले गस्तीका क्रममा पथरी बाट असार ११ गते उनलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नम्वर १५ वस्ने अमृत लिम्वुले विगत केही समय यता देखी पथरी बजारमा रहेर चोरीका गतिविधीमा समल्गन भएको जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका लिम्बूको साथबाट प्रहरीले एचपी ब्राण्डको ल्यापटप एकथान, सुटकेस, १ लाख २० हजार मुल्य बारबार पर्ने टयाटु वनाउन प्रयोग गरीने मेसीन २ थान, ७५ हजार मुल्य बराबरको ट्याटुमा लगाउने केमिकल र कलरहरु, १७ हजार ५ सय मुल्य बराबर पर्ने निडल ७ प्याकेट,  २ हजार ५ सय मुल्य बराबरको ट्याटु मेसिन होल्डर २ थान, १ हजार २ सय मुल्य बराबरको हेड ग्लास एक थान, ३ हजार मुल्य बराबरको ग्रिन सप एक थान, १० हजार मुल्य बराबरको विधुत पावर सप्लाई एक थान र अन्य सामाग्री सहित ४ लाख मुल्य बराबरको सामान सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

लागुऔषध दुब्र्यशनीको कुलतमा समेत समल्गन भएका लिम्बुले लामो समय देखी पथरी बजारका विभिन्न पसलहरुको सटरहरुको ताला तेडेर चोरी कार्यमा सम्लग्न हुदै आएको खुलासा भएकोे प्रहरीले जनाएको छ । पक्राउ परेका लिम्वुलाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी चोरीको आरोपमा पटकेको कार्बाहीका लागि आवश्यक कानुनी प्रक्रिया थालिएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी उपरिक्षक कृष्ण खड्काले बताए ।