मध्यान्हमै भोला झपक्क निदाएको थियो, मोबाइलको घण्टीले ब्युँझायो । मोबाइलमा भूपाल आफ्नो छोराको नाम देखेर उत्साहित भयो । अनि हत्त न पत्त मोबाइल रिसिभ गर्दै भोलाले प्रश्न गर्यो ः- “ हलो, छोरा के छ खबर ” ? उताबाट छोराले आफ्नो सफलता सुनायो — “बुबा, मैले लोकसेवा पास गरें नि ।” “अब के भइस् त छोरा ” ? “ सरकारी जागिरे भएँ बुबा । ” “ कुन पदमा पाइस् । कहिले देखि, कहाँ जानु पर्छ त जागिर खान । ” “ अधिकृत पदको जागिर हो बुबा । मन्त्रालयमै हुन्छ कि जिल्लामा हुन्छ । कहिलेदेखि जिम्मेवारी वहन गर्नु पर्ने हो केही दिनमा थाहा हुन्छ । दुईतीन दिनपछि म घर आउँछु । आज अलि हतारमा छु । अरु कुरा त्यहीं आएर गरौंला नि बुवा, ।” भुपालले अनायासै सुखद खबर सुनाएर फोन काट्यो । सपना जस्तो विपनामा भोलालाई पत्यार नै लागेन । यसबेला उसकी श्रीमती फूल लिन गएकी छे । खुशीका भाव श्रीमतीसँग बाँड्न ऊ आतुर छ । अहो ! म पनि हाकिमको बुबा भएँ त । मनमनै दंग परेर भोला एक्लै मसुमुसु हाँसेर ओछ्यानमै पल्टिरह्यो । अनायासै भोला विगतमा पुग्यो । ४५ वर्ष अघिका झझल्काहरू सिनेमाको रिलभैंm सरर घुम्दै उसको मस्तिष्कमा आए । त्यसबेला ऊ लगभग तीन वर्षको भएको थियो होला । एउटा विस्कुटको प्याकेट उसको हातमा राखिदिएर कसैले उसलाई बिच बजारमा छाडिदिएको थियो । धमिलो सम्झना उसको मानसमा खनिए । दाहिने खुट्टाको घुँडादेखि तलको अङ्ग नभएको हिंड्न नसक्ने विकलाङ्ग आपूmलाई छाडेर जाने मानिस को हो उसलाई केही थाहा छैन । साँझ परेपछि माग्नेहरू त्यहाँबाट हिँडेपछि ऊ रुन थाल्यो । त्यसैबेला एउटी माग्ने बुढीले उसलाई दया गरेर आफैसँग लिएर गई । आपूmले खाने खाना उसलाई दिई र कोठाको एकछेउमा गुन्द्री ओछ्याएर सुत्न दिई । भोलिपल्ट देखि ती बुढीमान्छेले उसलाई पनि माग्ने कर्ममा नै लगाएर आफ्नै छेउमा राखिन् । समय बित्दै गयो आफ्नै गतिमा । माग्ने कर्ममा लागेको त्यो बालक र ती बुढीमान्छे एकअर्काका आड भरोसा भए । समयले उनीहरूलाई आमा र छोराको जस्तो मायालु नातामा बाँधिदियो । आपूmलाई भोलाको नामाकरण तिनै बुढीले नै गरेको थाहा छ उसलाई । उमेरसँगै समयले भोलालाई वैशाखी टेकेर हिंड्ने बनायो । नौ वर्षसम्मको उनीहरूको साथलाई दैवले निर्ममतापूर्वक अनायासै छुटायो । भोलालाई दया हैन माया गर्ने ती स्नेहालु माग्ने बृद्धाले एकदिन भोलालाई चटक्कै छाडेर सधैंका लागि तारा बन्न आकासतर्पm गइन् । त्यसपछि पो भोलालाई आफू टुहुरो भएको अनुभव भयो । भोला सानैदेखि इमानी र गुनिलो थियो । उसलाई आफ्ना माग्ने साथीहरू, फूल बेच्ने, प्रसाद बेच्ने, खानेकुरा बेच्नेदेखि लिएर पूजारी, भक्तजन र वरिपरिका सबै मानिसले माया गर्थे । ऊ सबैको विश्वासको पात्र भइसकेको थियो । एकदिनको कुरा हो । भोलाले आफू माग्न बस्ने छेउमै फूल बेच्दै गरेकी एउटी युवतीलाई देख्यो । नयाँ केटी देखेर —‘तिम्रो नाम के हो ? फूल बेच्न कहाँबाट आयौ ?’ भोलाले पहिलो दिनमै सोध्यो । “ म निर्मला हु । माथिल्लो पेटीमा बसेर फूल बेच्थँ,े दाइ !’— छोटकरीमा जवाफ दिई उस्ले । त्यसपछिका दिनहरूमा उनीहरू ओर्तिर पर्तिर बसेर आ-आफ्नो कर्म गर्थे । हातभरि चुरा लगाएकी, रातो टीका लगाएकी, माला लगाएकी मायालु भावकी त्यो केटी सधैँ-सधैँ एक्लै हुन्थी । उनीहरूबीचको संवाद बढ्दै गयो । यस्तैमा एकदिन भोलाले जिज्ञासा राख्यो —‘बैनी, काँ बस्छ्यौ । घरमा अरुको को छन् ?’ ‘माथिल्लो गाउँको एउटा घरमा एउटा कोठा भाडामा लिएर बसेकी छु म । श्रीमान बिहे हुने बित्तिकै बेपत्ता हुनुभयो । कहाँ जानुभयो थाहा छैन । आमाबुबा कोही हुनुुहुन्न । बाँच्नका लागि फूल बेच्न थालें ।’ उकुसमुकुस भएकी निर्मलाले मनको बह कही । उसको कुरा सुनेर भोलालाई करुणा जाग्यो । हाँसो, अाँसु घामपानीसँग हातमालो गर्दै ती दुईको जीवनशैली आ-आफ्नै गति र शैलीमा चल्दै गयो । माग्ने कर्म गर्ने भोला सधँै सुकुलो हुन्थ्यो । रहँदाबस्दा निर्मलको मनमा भोला को होला, कस्को छोरो होला भन्ने जिज्ञासाहरू उब्जिए । रोक्दारोक्दै पनि एकदिन निर्मलाले भोलालाई सोधी —‘दाइ, तपाईको घर कहाँ हो ? घरमा अरु को हुनुुहुन्छ ?’ “ऊ त्यो घरमा एउटी बुढी आमाले मलाई बालकैदेखि आश्रय दिइन् । मैले जान्दा मेरो भन्नु उनै थिइन् । केही वर्ष अघि उनको पनि मृत्यु भयो । त्यसपछि म एक्लै छु, बैनी ।‘— भोलाले आफ्नो कुरा स्पष्ट बतायो । उनीहरूको मित्रता यसरी नै बढ्न थाल्यो । भोलासँग सहृदय बनेपछि यसो कहीँ कतै जानुपर्दा निर्मलाले ‘दाजु, म एकछिन बाहिर जानुपर्यो, यतातिर यसो हेर्दिनु है’ भनेर जान थाली । त्यसबेला भोलाले फूलको रेखदेख गर्दै फूलमाला बिक्री गरेको हिसाब राम्ररी दिन्थ्यो । यसो चियाखाजा खाँदा निर्मलालाई पनि दिउँ झै लाग्थ्यो भोलालाई । तर के भन्ने हो मैले खान दिंदा भन्ने सोचेर असजिलो मान्दै एक्लै खान्थ्यो । सुरुसुरुका यस्तै असजिला र जिज्ञाशाहरू भए पनि पछिपछि भोलाले ‘बैनी, चिया खानु न’ भनेर निर्मलालाई दिन थाल्यो । यसरी अरु खानेकुराहरू पनि निर्मलाले खावोस् भनेर भोलाले दिन्थ्यो । निर्मलाले पनि ‘दाजु, अलिकति खानु न’ भन्दै आफूले ल्याएको खाजा भोलालाई दिन थाली । यसरी उनीहरूका बीचमा मित्रता भ्mयाङ्गिन थाल्यो । माग्ने कर्ममा समर्पित भोलाले आफ्नो शारीरिक र पेशागत दुर्बलताको कारणले निर्मलालाई केही भन्न सकेको थिएन । निर्मलालाई पनि एक्लो जीवन बाँच्न कठिन नभएको त कहाँ हो र ? त्यसैले लाज र अप्ठ्याराको पर्खाल सकीनसकी भत्काउँदै एकदिन निर्मलाले नै कुरा अगाडि बढाई । “तपाई पनि एक्लै, म पनि एक्लै । मेरो कुरा तपाईलाई ननिको लाग्दैन भने हामी दुई मिलेर एउटा नयाँ जीवन सुरु गरौं न ।” अप्रत्यासित रुपमा निर्मलाको यस्तो प्रस्ताव सुनेर भोला खुसी नै भयो । फेरि मनमनै सोच्यो, म यस्तो अवस्थाको मान्छेसँग ऊ खुसी हुन्छे र ? मनमा उब्जिएका उद्वेलित भावतरङ्गहरू एकाएक उसको मुखबाट निस्कियो ।- “ निर्मला, म यस्तो अपाङ्ग माग्ने मान्छे, । न मेरो घर छ, न मेरो आप्नै बास छ । यस्तो मान्छेसँग तिमीले के सोचेर यी कुरा भनेकी हौ ?” “अपाङ्ग हुनुमा र गरीब हुनुमा तपाँईको के दोष छ र ? जे जस्तो भए पनि यति दिनको संगतमा मैले तपाईको हृदय सफा पाएँ । म पनि एक्लै छु । तपाई पनि एक्लो । तपाईसँग पनि फूल बेच्ने कला छ्रंदैछ । तपाईले गर्न नसक्ने काम म गर्छु । माग्ने काम छाडेर यही फूल बेच्ने काम मिलेर गरौंला । ”— निर्मला एकाएक भावुक भई ।

निर्मलाको भावुकतामा भोला सामेल भयो । केही दिनपछि तारतम्य मिलाएर मन्दिरमा उभिएर एकअर्कासँग पूmलको माला साटासाट गरेपछि भोला र निर्मलाको दाम्पत्य जीवन सुरु भयो । उनीहरू एकापसमा हाँसो, खुसी, अभाव, छटपटी एकाङकीपनको रिक्तता बाँड्ने साथी भए । एकापसको साथले उनीहरूको जीवनमा झलमल्ल घाम लाग्यो । बिहेपछि भोलाले माग्ने कर्म चटक्क छाडेर दुबै जना मिलेर फूल बेच्ने पेशामा जुटे । यो पेशाबाट भोला पनि सन्तुष्ट भयो । समयले उनीहरूको जीवनमा एउटा अर्को खुसी थपिदियो । उनीहरूको छोरो जन्मियो । ऊ हुर्किदै गयो । छोरो तीन वर्ष पुगेपछि स्कुल जान थाल्यो । घरवालाको छोरो हाकिम भएर कहिलेकाँही गाडीमा सरर आउँथ्यो । यस्तो देख्दा आफ्नो छोरो पनि यसैगरी हाकिम भएर आओस् भन्ने सपना भोलाले देख्न थाल्यो । छोरो ७ कक्षामा पढ्न थालेपछि घरवालाको हाकिम छोरोको सल्लाहमा भोला र निर्मलाले छोरोलाई राम्रो बोर्डिङ्गमा पढ्न पठाए । आफूले जति नै दुःख गरेर भए पनि छोरालाई राम्रो पढाउनका लागि दुबैजना जाँगरिला भए । फलतः छोराले पढेर आज आफ्नो सपना साकार पारिदिएकोमा ऊ उत्पात रमाएको छ । अतीतमा बगेर वर्तमानमा हराइरहेको भोला ढोकाबाट निर्मला कोठामा पस्दाको आवाजले यथास्थितिमा फर्कियो । निर्मलालाई देख्नासाथ भोलाले भन्यो । — “निर्मला, हाम्रो सपना साकार भयो । हाम्रो छोरो सरकारी जागिरे भयो नि । अब ऊ घरमा आउँदा पहिलेको जस्तो पैसा जुटाएर उसलाई दिनु पर्दैन । ऊ २,३ दिनपछि यहाँ आउँछ हरे । निर्मला कोठा राम्ररी सफा गर है । उसलाई मीठो लाग्ने खानेकुराहरू ल्याउ । ”— बहकिँदै फुर्किएर भोलाले अह्रायो । खुशी आँसु बनेर छचल्किन खोजिरहे पनि मुस्कुराउँदै निर्मलाले स्वीकृतिमा टाउको हल्लाई । त्यो अध्याँरो रातभर उनीहरू उज्यालो खुशीले उल्लसित भए । आप्mनो कर्म नछाडि निर्मलाले जागर चलाएर घरका कोठा मिलाई । थरिथरिका फलफूल सागसब्जिहरू किनेर ल्याइ । छोराको आगमनको प्रतीक्षामा कठोर पहाड बनेर जोईपोइका अघिल्तिर उभियो । तिन दिनपछि बिहानीको पहिलो प्रहरसँगै उनीहरू आफ्नै नित्यकर्ममा जुटे । सधैँझैँ टोकरीमा फूलमाला राखेर निर्मलाले मन्दिर पुर्याइदिई । भोला पछिपछि लागेर फूल बेच्ने आप्mनो साबिक ठाउँमा बस्यो । निर्मलालाई आज छोरो आउने दिन भएकाले घरको चटारो छ । त्यसैले भोलाले एक्लै फूल बेचेर घर आयो । त्यसैबेला टुप्लुक्क छोरा घर आइपुग्यो । छोरो आउँदा उनिहरूका लागि यो समय खुशीको खोली बन्यो । उनीहरूको मन प्रसन्नताको शिखरमा आरोहण गरिरह्यो । छोरालाई देख्नासाथ उनीहरूले माला लगाएर स्वागत गरे । रमाइलो वातावरणका साथ वार्तालाप र खानपिन गरेर दिन बित्यो । कामलाई पूजा गर्ने भोला त्यो साँझ पनि फूल बेच्न निस्कियो । टोकरी बोकेर नानी यो पुर्याएर आइहाल्छु है’ भन्दै निर्मला पनि बाटो लागी । आमाबुबा त्यसरी गएको असजिलो मानेर भूपालले हेरिरह्यो । ऊ केही बोल्न सकेन । बिहान भयो । यसरि नै पूmल बोकेर निर्मला र भोला कोठाबाट निस्कन लागे । त्यसबेला भूपालले दुबैको हात च्याप्प समाउँदै रोकेर “अब हजुरहरूले यो काम छाड्नुस् । कति दुख कष्ट सहेर यसरि मलाई यो लायक बनाउनुभयो । अब हजुरहरूले दुःख गर्नु पर्दैन । मलाई यो स्थानमा ल्याइपुर्याउनुमा हजुरहरूकै योगदान रहेको छ । तर हजुरहरुको फूल बेच्ने काम भन्दा मलाई अर्कै नजरले हेर्छन्, मेरो इज्जत रहँदैन । अब मेरो कमाइले हजुरहरूलाई राम्ररी पाल्न सक्छु । मेरो पोष्टिङ्ग भएको ठाउँमा नै हजुरहरूलाई पनि लिएर जान्छु । त्यसैले आजैदेखि यो काम छाड्नुस् । ” अनुनय गर्यो । छोराको विचार सुनेर उनीहरूलाई मनमा अलिकति चसक्क भए पनि दुबै हर्षविभोर भए । खुसीको सीमा रहेन । जीवनमा आरामले हैन कर्मले खुसी हुने भोलाले छोरालाई धाप मार्दै भन्यो “छोरा, तेरा कुराहरू सबै बुझें । तैले सबै कुराहरू ठिकै भनेको होस् । तर यो काम नै हाम्रो तपस्या हो जसलाई हामी माया गर्छौ, पूजा गर्छौं र सम्मान गर्छौँ । आफुले जे काम गरिन्छ त्यसप्रति निष्टा र आस्था राख्नु पर्छ । यहि काम गरेर नै तलाई योग्य बनाउन सकेकामा हामीलाई गर्व छ । सकुञ्जेल कर्म गर्न हामी छाड्दैनौं, बाबु । ठिक छ, तँलाई त्यस्तो लाग्छ भने तेरै आम्दानीबाट हाम्रो जीवन चलाउँला । हाम्रो आम्दानीले कुनै अनाथ, असहाय गरिबलाई पढाउँला । तँबाट हामी जति गर्वित छौँ त्यति नै आफ्नो कामबाट सन्तुष्ट छौँ । तैले हामीलाई जुन आश्वासन दिइस् तिनै कुराहरू हाम्रा लागि अमृत भए । छोरा, तँ नै हाम्रो अँध्यारो जीवनको उज्यालो होस् । आफ्नो कामप्रति सधैँ सचेत हुनू । बाबु, त जहाँ गए पनि सुखी र खुुसी भएर बाँच्नू । भगवानसँग हामी यही प्राथना गर्दछौँ । ” छोरालाई चित्त नदुखाई सम्झायो भोलाले । निर्मला छेउमै उभिएर बाबुछोराको वार्तालाप सुनिरहेकी थिई । बुबाको कुरा सुनेर चुपचाप उभिएको भूपालको स्वाभिमान झन चुलियो । कामप्रति बुबाको निष्ठा र इज्जत नै उसको अभिमान भयो । यस क्षण बुबा-आमाबाट अझ गर्वित हुदै संसार जित्ने मन्त्र उस्ले बुझ्यो । ढकमक्क आभा फुलेकोे अनुहार बनाउँदै भूपालले पालैपालो आप्mना बुबाआमाको अनुहार गौरवान्वित भएर हेरिरह्यो । आफू साँच्चैनै स्वावलम्वी र स्वाभिमानी आमाबुबाको सन्तान भएकोमा उसलाई भित्रैदेखि गौरवबोध भयो ।