उर्लाबारी ।
उर्लाबारी नगररपालिका वडा नम्वर ३ का वडा सदस्य भिष्म बुढाथोकीको सहयोगमा एक महिलाले निशुल्क उपचार पाएकी छिन् ।
उर्लाबारी-३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरले सोही वडा निवासी ५० वर्षिय राम माया विश्वकर्माको निशुल्क उपचार गरिदिएको छ ।
लामो समय देखि पेट सम्बन्धी रोग र सुगरले घरमै आर्थिक अभावका कारण उपचार नपाएर घरमै थलिएर वस्न बाध्य विश्वकर्मालाई स्थानिय युवा जनप्रतिनिधी भिष्म बुढाथोकीले राहत बाड्ने क्रममा भेटे पछि अस्पतालमा निशुल्क उपचारको निम्ती अस्पताल प्रमुख डा.दिब्य खनाल संग अनुरोध गरेका थिए ।
बुढाथोकीको अनुरोधलाई आत्मसाथ गर्दै डा. खनालको सहयोगमा ति महिलाले निशुल्क उपचार पाएकी हुन ।
विश्वकर्माको सो अस्पतालमा तिन दिन सम्म उपचार पश्चात निको भएर घर फर्किएकी अस्पताल स्रोतले जनाएको छ ।
उपचारको क्रममा अस्पतालमा नपाइने औषधी समेत बुढाथोकीले व्यवस्था गरिदिएका थिए भने अन्य सहयोग अस्पालका कर्मचारी केशब न्यौपानेले गरेका थिए ।




















