भोजपुर/ महुलि लघुवित्त वितिय संस्था लिमिटेडले शुक्रबारका दिन भोजपुर जिल्ला स्थित आमचोक गा.पा. आजबाट सन्चालनमा आएको कोभिड १९ बिरुद्धको भेरोसेल खोप अभियानलाई लक्षित गरि आज एक कार्यक्रमका बिच महुलि लघुवित्त वितिय संस्था द्वारा वृद्ध लाई लाक्षित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । 

राष्ट्रव्यापि खोप अभियानलाई सहयोग पुर्याउन तथा वृद्धहरुको स्वास्थ्यलाई ख्याल गरि यश स्वास्थ्य सामाग्री उपलब्ध गराएको यसै महुलि लघुवित्त बालंखा शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले जानकारी गराए ।

साेहि  अवसरमा आमचोक गा.पा. वडा नम्बर ४ का वडा अध्यक्ष नेत्र बहादुर खत्रिले महुलिको यश परोपकारी धर्मलाई खुलेर तारीफ गर्दै सामाजिक क्षेत्रमा अगाडि बड्न हौसला प्रदान गरेका छन् भने उनले सोही अवसरमा हामिलाई आवश्यक अनुसारको खोप ल्याउन नसक्नु हाम्रो कमजोरी रहेको बताउदै खोप लगाउन बाट भने कसैलाई बन्चित नगराउने बताएका छन् । खत्रिले आवश्यक अनुसारको खोप हामी तत्काल उपलब्ध गराउन पहल भैरहेको समेत बताएका छन् । आमचोक गा.पा. स्थित स्वास्थ्य चौकि प्रमुख हेमराज बिष्टले यश भेरोसेल खोप अभियानमा सबै जोडिन समेत आवाहन गरेका छन् । भने महुलि लघुवित्तलाई धन्यवाद समेत दिएका छन् ।

यता उक्त खोप अभियानलाई लक्षित गरि महुलि लघुवित्त द्वारा इप्रका आमचोक इन्चार्ज मन बहादुर शुवेडि , प्रहरी चौकि दुम्मानाका प्रहरी प्रमुख तथा चुमुलुङ्मा एफ एम का स्टेसन मेनेजर राजिन कुमार राईलाई समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको थियो ।received_819005135704778