संसद विघटन सम्बन्धी मुद्दामा सुनुवाइ आजबाट फेरी सुरु हुने भएको छ । दुई न्यायाधीशमाथि सरकारी पक्षले प्रश्न उठाएपछि आइतबार हेर्दाहेर्दै स्थगित भएको इजलास सोमबार र मंगलबार बस्न सकेको थिएन ।

सरकारी पक्षले प्रश्न उठाएका दुई न्यायाधीश दीपककुमार कार्की र डा‍। आनन्द मोहन भट्टराईले इजलासमा नै आफ्नो राय व्यक्त गर्ने तयारी गरेका छन् ।