सुनसरी : नेपालमा आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको बताइएको छ । जगत गुरु रामनन्द सेवा पिठ चतराधामका कृष्ण दाश महाराजले नेपालमा सबै प्रकारको हावापानी पाइने भएकाले नेपालमा चाडै आयुर्वेदिक विश्वविद्यालय स्थापना गर्न आवश्यक रहेको बताउनु भएको हो । शनिबार सुनसरीको चतराधाममा उनले यस्तो भनाई राखेको हो ।

नेपालमा सबै भन्दा पहिले आफुले विश्व विद्यालय स्थापना गर्ने अबधारणा अगाडी सारेको र चतारामा बिश्व विद्यालय स्थापना गर्दा सबैलाइ सहज हुने भएकोले आफुले अवधारणा प्रस्तुत गरी माग गरेको उनको भनाइ छ । सुनसरीको चतराधाममा आयुर्वेदिक विश्वविद्यालय स्थापनाको माग केही वर्ष अगाडी मात्रै गरिएको थियो ।

आयुर्वेदिक विश्वविद्यालय स्थापनाले कृषि तथा जडीबुटीको विकास गरेर नेपालको अर्थतन्त्रमा ठुलो सहयोग पुग्ने र अग्र्यानिक तरकारी खेती तथा जडीबुटी खेतीबाट बृहत् रोजगारी सृजना हुने उनको भनाइ छ ।