काठमाडौं । सरकारले कोभिड–१९ केयर युनिट संचालनका लागि ३० वटा अस्पतालसँग सम्झौता गरेको छ । यी अस्पतालमा संक्रमितको उपचार निःशुल्क हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले हिजो सार्वजनिक गरेको सूचना अनुसार यी अस्पतालमा निःशुल्क उपचार हुनेछ । केयर युनिट संचालनका लागि सम्झौता गरेका अस्पताललाई सरकारले पैसा उपलब्ध गराउँछ । संक्रमितको अवस्था हेरेर प्रतिव्यक्ति प्रतिदिन ३ हजार ५०० देखि १५ हजारसम्म सरकारले अस्पताललाई उपलब्ध गराउने छ ।


188509329-302711484779401-2741507169236654314-n