इटहरी । सप्तरीकाे सप्तकाेशी नगरपालिकाकी उपमेयरकाे काेराेना सङ्क्रमणबाट मृत्यु भएकाे छ ।  विराट मेडिकल कलेज विराटनगरमा उपचारत उपमेयर आशा चाैधरीकाे आज विहान ४ बजे मृत्यु भएकाे हाे । उहाँकाे एक साताअघि देखि अस्पताल भर्ना गरिएकाे थियाे । सप्तकाेशी नगरपालिकामा हालसम्म तीन जनाकाे मृत्यु भएकाे छ ।

दुई साताअघि ज्वरो, रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई स्थानीय स्वास्थ्यचौकीमा भर्ना गरिएको थियो। स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि १० दिनअघि विराटनगर अस्पताल भर्ना गरी उनको आइसीयूमा उपचार भइरहेको थियो । उपचारका क्रममा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। मृतक चौधरीका पति र सात वर्षीय एक छोरा छन्।