इटहरी ,अहिले समुदायमा संक्रमण गइसकेको छ । सरकारले नियन्त्रणमा छ भन्दाभन्दै कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेहरुको संख्या आधा लाखबाट उकालो लागेको छ । बन्दाबन्दी र त्यसपछिका निषेधाज्ञाका बाबजुद कोरोना संक्रमण नियन्त्रणमा आएको देखिँदैन । इटहरीमा पछिल्लो समय दोस्रो लहरको कारोना सक्रमणको हट स्पट बन्दै गएको छ । अहिले दैनिक जसो संक्रमित भेटिन थालेका छन् । इटहरीमा हाल सम्मको कुल संक्रमित १०२२ जना रहेको छ । जसमध्ये २३४ जना निको भएका छन । इटहरी उपमहानगरमा कोरोना संक्रमणको दर दैनीक बढ्दो रहेको छ ।  २०७८ बैशाख ३० गते इटहरी रंगशाला बाट स्वाब संकलन गरिएको ७५ स्वाब मध्ये ७० जनाको रिपोर्ट पोजेटिभ आएपछी त्रास झन बढेको छ । त्यसैगरी २०७८  ज्येष्ठ २ गते मा इटहरी रङ्गशालामा एन्टिजेन गराउने २८ जना मध्ये १५ जना  पोजेटिभ देखीएको छ ।  बिभिन्न अस्पतालहरु बाट स्वयम् परिक्षण गराउने व्यक्तिहरुको बैशाख ३१ गते र ज्येष्ठ १ गते परिक्षण गराएका मध्ये २३ जना को पोजेटिभ रिपोर्ट आएको छ । इटहरीमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको इटहरी अस्पतालका इमरजेन्सि शाखा प्रमुख रामकुमार धमलाले जानकारी दिए । 2 5

पछिल्लो केही दिनयता इटहरीमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले परीक्षणको दायरा तीव्र बनाएको छ ।  इटहरी मा कोरोना संक्रमण को अवस्था जटिल बन्दै गईरहेको इटहरी उपमहानगरको उपमेयर लक्ष्मी गौतमले बताइन । समुदायमा भित्रभित्रै कोरोनाको संक्रमण फैलिरहेको उनी बताउँछन ्। इटहरीको सुनौलो बस्तीमा कोरोनाको लक्क्षण मिल्दोजुल्दो धेरै विरामी भएकाले पिसीआर परीक्षण गर्न अनुरोध गरेको उपमेयर गौतमले जानकारी दिइन । मानीसहरु कोरोनाको लक्क्षण मिल्दोजुल्दो विरामी भएपनी लुकाएर गाँउघरमै बस्ने र स्वास्थ्य मापदण्ड अपनाउनाले भित्रभित्रै कोरोना फैलिने सक्नै गौतमको भनाइ छ । इटहरी ३ सुनौलो बस्तीका मानीसहरु कोरोना सँग मिल्लोजुल्दो लक्षण भएपनी लुकाएर बसेको इटहरी ३ का वडा अध्यक्ष बालकृष्ण बिष्ट मार्फत जानकारी आफुले पाएपछी इटहरी अस्पतालको स्वास्थ्य टोली सहित आफु सो बस्तीमा पुगेको र पिसीआर परिक्षणको लागी अनुरोध गरेको बताइन ।   1 4

अहिले जटिल प्रकृतिका संक्रमित पनि बढेको उनी बताउँछन् । पहिले संक्रमण देखिएकोमा लक्षणरहित हुने र लक्षण भएकोमा पनि समान्य मात्र लक्षण हुने गरेको बताउदै उनी भन्छीन्,‘ परीक्षण नगर्दैमासंक्रमण लुक्दैन, त्यसैले इटहरी उपमहानगर परिक्षणलाई पनी प्राथमिकतामा राखेको छ ।

4 33 3