उर्लाबारी । उर्लाबारीमा आज(शनिवार) दोस्रो चरणको कोरोना भाइरस संक्रमित थप एक महिलाको मृत्यु भएको छ । उर्लाबारी-७ की ५५ बर्षीया महिलाको मृत्यु भएको हो । यो सँगै हालसम्म दोस्रो लहरका कारण मृत्यु हुनेको संख्या उर्लाबारीमा ९ पुगेको छ । सक्रिय संक्रमितका संख्या ८९ पुगेको र ४ जना निको भएर घर फर्किका छन् ।




















