हार्टअट्याक अथवा हृदयघात सुन्ने बितिक्कै नडराउने कमै भेटिएला। यो रोग लाग्दा मुटुको रगतको नली साँगुरिनगई १००% ब्लक हुने गर्दछ। त्यतिबेला बिरामीलाई एकदमै जोडले छाती दुख्ने गर्दछ। खलखली पसिना आउने हुन्छ। यदि कसैलाई एक्कासी यस्तो खालको समस्या भएमा तुरुन्त नजिकैको अस्पताल लैजानु उत्तम हुन्छ।

अस्पतालका डाक्टरहरुले रोगको पहिचान गरि हृदयघात भएको र नभएको पत्ता लगाउँछन् । यदि हृदयघात भएको पुष्टि भएमा तुरुन्तै बन्द रगतको नसा खोल्नु पर्दछ। यस्तो प्रकारको उपचार बिधि लाई प्राइमरी angioplasty भनिन्छ। यो ट्रेनिङ्ग प्राप्त डाक्टरहरुले बिना चिरफार रगतको नसाको माध्यमबाट balloon छिराएर गरिने पद्धती हो।

Angioplasty को अर्को राम्रो पक्ष के हो भने , हृदयघात आउनु भन्दा अघि सङ्खासपद बिरामीको angiography गरि हेर्ने र यदि क्रिटिकल अवस्थामा छ भने बेलैमा Angioplasty गरि हृदयघात आउनबाट जोगिन सकिन्छ। यसै सम्बन्धि विश्वकै उत्कृष्ट मुटु अस्पताल सिंगापुर बाट अध्ययन गरि आउनु भएका बरिष्ठ मुटु रोग विशेषज्ञ डा. माधब बिष्टले हजारौं बिरामीहरुको बन्द नसा खोलि मुटु जोगाउने काम गर्दै हुनुहुन्छ।

बि.स. २०३४ साल जेष्ठ १५ गते काभ्रेको बनेपा जनागालमा जन्मिनु भएका डा. माधब बिष्टको बाल्यकाल भने बक्लौरी सुनसरीमा बित्यो।

प्रारम्भिक शिक्षा बक्लौरीको आदर्श माध्यमिक विद्यालयबाट भएको हो । त्यसपछि धरानको हातिसार कलेज बाट आइ.एस. सी , त्रिभुवन विश्वविधालय अन्तर्गतको बिरगंजको नेसनल मेडिकल कलेजबाट मेडिकलको डिग्री हासिल गर्नु भयो। विशेषज्ञमा दखल भएपछि ,अझ विशेषज्ञ भन्दा माथिको लेवलको sub specialty course -अध्ययनको लागि सिंगापुर जानुभयो र त्यँहाको राष्ट्रिय हृदय केन्द्र (National Heart Centre Singapore) -बाट विशेष अध्ययन गरि नेपाल आउनु भएको हो।

हाल डा. माधब बिष्ट बिराटनगरको नोबेल मेडिकल कलेजमा मुटु सम्बन्धी विशेषज्ञ सेवा दिँदै आउनु भएको छ।