नेपाल प्रहरीले रेम्डेसिभिर औषधि कालोबजारी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गोरखा आरुघाटका रसिक मियालाई बिहीबार पक्राउ गरेको हो । उनलाई एक सेट अर्थात ६ भाइल रेम्डेसिभिर १ लाख २० हजार रुपैयाँमा बेच्दै गरेको अवस्थामा महाराजगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रेम्डेसिभिर औषधिको कालाबजारी भइरहेको सूचनाका आधारमा ग्राहक बनेर खरिद गर्न जाँदा रसिक मियाले मोलतोल गरेर १ लाख २० हजार रुपैयाँमा बेच्न तयार भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट जटिल अवस्थामा रहेका संक्रमितलाई केहि राहत दिनका लागि यो औषधि प्रयोग गर्ने गरिन्छ । पक्राउ परेका रसिकले सेवा फर्माका दीपक ढकालले भने अनुसार आफूले बेचेको बताएपछि थप अनुसन्धान भइरहेको ेप्रहरीले जनाएको छ ।