विराटनगर । प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १४५,  मोरङमा ३३७, झापामा १७८,ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, ते¥हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सुनसरीको इटहरीमा ४३ जना नया कोरोना संक्रमित थपिएका छन् ।

काराेना कहरकाे दाेस्राे लहरमा अाज सम्म् इटहरीमा ३५५ नामा काेराेना संक्रमण देखिएको छ । सकृय संक्रमीतकाे संख्या २९९ रहेकाे छ । इटहरीमा ४ जनाले काराेनाकाे कारणा ज्यान गुमानइसकाे इटहरी अस्पतालका इमेरजेन्सी शाखा प्मुख राम कुमार धमलाले जानकारी  दिनुभयाे ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।