इटहरी उपमहानगरले सर्जिकल मास्क पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिएको छ । विहान वजार अनुगमनका क्रममा दुई देखि तीन रुपियाँ खरिद मूल्य रहेको मास्क पाँच रुपियाँ भन्दा वढि मूल्मा नवेच्न निर्देशन हो । जिल्ला प्रशासन कार्यालय,उपभोक्ता अधिकारकर्मी,प्रहरी र संचारकर्मी सहितको टोलीले अनुगमन गर्दा १० रुपियाँमा वेच्ने गरेको पाइएको छ । अनुगमनका क्रममा मास्क  खरिद मूल्य भन्दा पाँच गुणा सम्म वढिमा वेच्ने गरेको पाइएको इटहरी उपमहानगर राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले जानकारी दिनुभयो ।

पाँच वटा औषधी पसलको अनुगमन गर्दा चार वटाले त सर्जिकल माक्स खरिद गरेको विल समेत देखाएनन । ९० रुपियाँ खरिद मूल्य रहेको सेनिटाइजर १सय ६५ रुपियाँमा वेचेको पाइएको छ । राजश्व प्रशासन शाखा प्रमुख नविन भट्टराईले तत्काललाई वढि मुनाफा राखेर नवेच्न सचेत गराइएको,सर्जिकल माक्स पाँच रुपियाँ भन्दा वढिमा नवेच्न निर्देशन दिइएको वताउनुभयो । निर्देशन पालना गराउन थप कडाइका साथ अघि वढने भटटराईले वताउनुभयो । खरिद मूल्य र अधिकतम विक्री मूल्यको अन्तर धेरै पाइएकाले अव उद्योगमै पुगेर समेत अनुगमन गरिने उहाँले वताउनुभयो । भट्टराईले भन्नुभयो “सर्वसाधारण माक्स किन्न नसकेर एउटै माक्स धोएर लगाइरहेका छन,वजारमा यस्तो छ,पाँच रुपियाँमा वेच्दा दोब्वर वढि फाइदा हुन्छ ।” किन पाँच रुपियाँमा नवेच्ने उहाँले विक्रेताहरुलाई प्रश्न गर्नुभयो ।

अनुगमनका क्रममा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रशासकीय अधिकृत त्रिलोचन न्यौपानेले २ रुपियाँ खरिद मूल्य परेको माक्स १० रुपियाँमा वेच्न नमिल्ने वताउनुभयो । उहाँले माक्स र सेनिटाइजरमा वढि मूनाफा राखेको पाइएकाले यसलाई नियन्त्रण गर्न उपमहानगर,जिल्ला प्रशासन र राजश्व कार्यालयको वैठक वसेर तीन दिनभित्रमा रिजल्ट आउने गरि एक्सन गरिने वताउनुभयो ।

आजै इटहरी उपमहानगरले हटियाँ लाइनका थोक सब्जि पसलहरुको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा हटिया लाइनका भाँडा पसलहरु पनि खुल्ला रहेका पाइए । अनुगमन टोली पुगेपछि हतार हतार वन्द गरेका देखिन्थे । इटहरी उपमहानगरपालिकाले निरन्तर वजार अनुगमन गरिरहेको छ ।