इटहरी । कोरोना संक्रमितहरुको उपचारका लागि अस्पतालहरुमा अक्सिजन अभाव हुन थालेको भन्ने सामाचार बाहिरी रहेको समयमा इटहरी उपमहानगरपालिकाले भने इटहरीवासीका लागि अक्सिजन अभाव हुने अवस्था नरहेको वताएको छ ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका दुईवटा अक्सिजन कम्पनीले प्रयाप्त मात्रमा अक्सिजन उत्पादन गरी रहेको तथा उपमहानगरपालिकाले कम्पनीहरुसंग इटहरी क्षेत्रका विरामीहरुलाई अभाव हुन नदिने गरी कम्पनीहरुसंग सम्झौता गर्न लागेको उपप्रमुख लक्ष्मी गौतमले वताएकी हुन ।

 अस्पतालहरुमा अक्सिजन अभाव भएको भन्ने विषय वाहिरीए उपमहानगरपालिका क्षेत्रमा रहेका दुई अक्सिजन कम्पनीहरु दुर्गा अक्सिजन कम्पनी र पाथिभरा अक्सिजन कम्पनीको उत्पादनको अभाव ,सिलिण्डरको अवस्था बुझन उपप्रमुख गौतम सहितको टोली अक्सिजन कम्पनीहरु पुगेका थिए । अक्सिजन कम्पनीहरुले प्रयाप्त उत्पादन गरी रहेको र इटहरीलाई आवश्यक पर्ने उपलव्ध गराउन आग्रह गरे वमोजिम उद्योगहरुले उपलव्ध गराउने जनाएका कारण इटहरीवासीलाई अभाव हुन अवस्था नरहेको उपप्रमुख गौतमले वताएकी हुन । उनले इटहरीमा रहेका उद्योगहरुले आवश्यक अनुसार उत्पादन गर्न सक्ने अवस्था रहेको भएपनि विरामी नभएका परिवारले पनि अक्सिजन लगेर थन्काउने गरिए अक्सिजन अभाव नभएपनि सिलिण्डर अभाव हुन सक्ने तर्फ मध्यनजर गर्दै विरामी नभएका परिवारहरुलाई अनावश्यक रुपमा अक्सिजन नथुपार्न गौतमले आग्रह समेत गरिन ।

उपमहानगरपालिका र अस्पतालहरुले इटहरीका विरामीहरुलाई आवश्यक पर्ने अक्सिजन सहज रुपमा उपलव्ध गराउने विषयमा कम्पनीहरुसंग सम्झौता  गर्ने योजना वनाएको समेत जनाइएको छ । इटहरीबासीको स्वास्थ्यलाई मध्यनजर गर्दै ५० वेडको आइसोलेसन समेत तयार पारेको छ ।