इटहरीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि आइसोलेशनको विस्तार एवम् व्यवस्थापनमा इटहरी उपमहानगरपालीकाले सक्रियता देखाएको छ । इटहरीमा पछिल्लो समय कोरोना संक्रमितहरु बढ्दै गएपछि आइसोलेशन तथा कोभिड वार्डको व्यवस्थापनमा तदारुकता देखाएको हो । इटहरी उपमहानगरपालिका वडा नम्बर–९ मा रहेको रंगसालामा आइसोलेशन तयार गरीएको छ  । इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहन आग्रह गरेकी छिन् ।

इटहरीमा नागरिकहरुको स्वास्थ्य सुरक्षाको जिम्मेवारी स्थानीय सरकारको पनि भएकोले कुनै समस्या परे सम्पर्कमा आउन पनि आग्रह गरिन् ।

23

75181450109_825495098319826_1444979932613352814_n 11