विराटनगर, २१ वैशाख : प्रदेश १ मा सोमबार ६११ जना कोरोना संक्रमित थपिएका छन् ।  प्रदेश १ काे सुनसरीमा १२७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सुनसरीको धरानमा ४९, इटहरीमा ३७, इनरुवामा १८, बर्जु, बराहक्षेत्र, रामधुनी र देवानगञ्जमा ४–४, दुहवीमा ३, हरिनगरमा २, भोक्राहानरसिंह र स्थानीय तह नखुलेका १–१,  जनामा संक्रमण देखिएको जनाइएको छ ।