काठमाडौं ।  पछिल्लो २४ घण्टामा सात हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा सात हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको हो । मंगलबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ रहेको छ । जसमध्ये ५५ हजार ५२० जना होम आइसोलेसनमा र संस्थागत आइसोलेसनमा चार हजार २७८ जना रहेका छन् ।  मंगलबार ६१६ जना आईसीयूमा र १७९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

नेपालमा मंगलबारसम्म कोरोना भाइरस संक्रमण हुनेको संख्या तीन लाख ५१ हजार पाँच पुगेको छ । जसमध्ये दुई लाख ८७  हजार ७९० जना संक्रमणमुक्त भएका छन् । 

प्रदेश १ काे कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?

सुनसरी मा १२७ ,मोरङमा २४६ जना , झापामा १७४ , जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी ओखलढुंगामा १६,  उदयपुरमा १०, इलाम ९ जना, ताप्लेजुङ, पाँचथर र संखुवासभा ५र५ जना,  कोरोना संक्रमित भेटिएका छन् । यस्तै खोटाङ, तेह्रथुम, धनकुटामा, सोलुखुम्बु,  ३र३ जना,  भोजपुर, १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।