इटहरी  । आज सुनसरी मा ६९  जनालाई दोस्रो लहरको कोरोना संक्रमण भएको छ । सुनसरीको इटहरीमा २४, धरानमा ३०  इनरुवामा ४,दुहवी २  रामुधुनीमा ४ , बराहक्षेत्र र हरिनगरमा २ ,भोक्राहा नरसिंह १ र स्थानीय तह नखुलेका २–२, रहेको स्वास्थ्य कार्यालय  सुनसरीले जानकारी दिएको छ । 


कोरोनाको दोस्रो लहरमा सुनसरीमा अहिले सम्म ५ सय ७६ जनामा संक्रमण देखीएको छ भने सक्रीय संक्रमितको संख्यास ४९२ रहेको छ । संक्रमितमध्ये १ सय ५६ जना संक्रमण मुक्त भएका छन । 

त्यसैगरी होम खाइसोलेसनमा ६३० जना रहेका छन भने आइसोलेसनमा २७ जना रहेका छन । सुनसरीमा ३ महिला र ६ पुरुस गरी ९ जनाको मुत्यु भइ सकेको छ । 

 स्वास्थ्य कार्यालयले जिल्लामा संक्रमितको संख्या बढ्दै गएको जनाएको छ । स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईले जिल्लावासी समक्ष स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्दै अत्यावश्यक अवस्था बाहेकको हकमा घर बाहिर ननिस्कन अनुरोध गर्नु भएको छ ।

सुनसरीमा जिल्ला प्रशासन कार्यालले सकृय संक्रमित २ सय ५० पुग्दा जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरेको थियो । उसले ५ सय संक्रमित पुगेपछि भने थप निर्णय लिइने जनाएको थियो । यसैबिच सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आवश्यक्ता अनुसार थप निर्णय लिइने बताउनु भएको छ । प्रजिअ ढकालले डीसीसीएमसीको बैठकले सो बारेमा निर्णय लिने जानकारी दिनु भयो ।