काठमाडौं : आपूर्ति वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले चार रुपैयाँ ४६ पैसा (थोक) मा डिस्पोजेबल मास्क किनेर ८ रुपैयाँ ३८ पैसामा बिक्री गर्ने बिक्रेतालाई कारबाही गरेको छ ।
त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सलाई कारबाही गरेको हो । विभागका अनुसार बिक्रेतालाई दुई लाख जरिवाना गरिएको छ । प्रति पिस चार रुपैयाँ मुनाफा कमाएको पाइएको छ ।




















