विराटनगर । नक्कली पत्रकार बनेर लागूऔषधको कारोबार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली पत्रकार बनि भारतको जोगवनीदेखि अवैध रूपमा लागूऔषध ल्याउने क्रममा दुई जना शुक्रबार पक्राउ परेका हुन् । 

लागूऔषधसहित पक्राउ पर्नेमा सुनसरीको धरान– ७ का २८ वर्षिय सुरज कोइराला र धरान ९ का ४१ वर्षिय निरज भट्टराई रहेको इलका प्रहरी कार्यालय रानी विराटनगरका प्रमुख प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए ।

पक्राउ परेका दुवै जनासँग छुट्टा–छुट्टै दुई संचार संस्थाको नक्कली परिचयपत्र रहेको छ । दोस्रो लहरको कोरोना संक्रमण तिव्र रूपमा फैलिएपछि नेपाल–भारत सीमा कानामा गस्ती गरेर सुरक्षाकर्मीले कडाई गरेको छ । पत्रकारको परिचयपत्र देखाउँदा प्रहरीले भारतबाट नेपाल आउन दिने भन्दै उनीहरूले नक्कली परिचयपत्र बनाएर भारतदेखि अवैध रूपमा लागूऔषध लिएर आउँदा विराटनगर– १७ मटेरूवादेखि सुरक्षामा खटिएको प्रहरीले पक्राउ परेका हुन् । 

पक्राउ परेका दुवै जना लागूऔषध प्रयोगकर्ता र अवैध लागूऔषधको कारोबारी रहेको प्रहरीको प्रराम्भिक चरणको अनुसन्धानदेखि खुलेको छ । को २८ प ७२०० नम्बरको मोटरसाईकलमा सवार भट्टराइको साथदेखि प्रहरीले ६ थान डाईलेक्स डिसी नाम गरेको लागुऔषध र ४ थान मोबाईल सेट बरामद गरेको छ । पक्राउ परेका दुवै जनालाई इप्रका रानीले मोरङ अदालतमा आइतबार लागूऔषध मुद्दामा म्याद थप गरि अनुसन्धान सुरू गर्ने मोरङ प्रहरीले जनाएको छ ।