इटहरी, कोरोना महामारीकको दोस्रो चरण भयावह रुपमा सुरु भएसंगै यसको नकारात्मक प्रभाव नेपालमा समेत प्रत्यक्ष रुपमा परेको छ । कोरोनाको संक्रमणदर बढेसंगै विभिन्न स्थानिय तहने सुरक्षा अवस्था देखि आइसोलेसन सम्मको तयारीमा विशेष प्राथमिक्ता दिन थालेको पाइन्छ । तर सुनसरीको इटहरी उपमहानगरपालिकानमा भने न सुरक्षा व्यबस्था गतिलो भएकोे छ नत आइसोलेसनको निमार्ण नै हुन सकेको छ । पुर्वको व्यापारिक केन्द्र संगै चौतर्फि भिड हुने यस सहरमा आइसोलेसनको कुनै व्यवस्था हुन सकेको छैन । कोरोना संक्रमितको अवस्थालाई हेर्ने हो भने दैनिक ठुलो संख्यामा बृद्धि भइरहेको छ तर ति संक्रमितलाई कहाँ र कस्तो सुरक्षित अवस्थामा राख्ने भन्ने कुनै निष्कर्ष इटहरी उपमहानगर संग छैन । पहिलो चरणमा निर्माण गरिएको आइसोलेसन समेत यतिखेर भताभुङग अवस्थामा रहेको छ । यहाँ रहेका संक्रमितको कपडा, उनिहरुले प्रयोग गरेका माक्क पञ्चा , अक्सिजनका सिलिण्डर यत्रतत्र रहेको देख्न सकिन्छ । संक्रमितका लागी प्रयोग गरिने बेड अव्यवस्थित रुपमा राखिएको छ जसमा घास पलाइसकेको अवस्था छ । यति हुदा हुदैपनि इटहरी उपमहानगरपालिकामा मंगलबार बसेको कोरोना न्युनिकरण र व्यबस्थापन संबन्धि छलफलले तत्कालै ५० वेडको आसुलेसन निमार्ण गर्ने बैठकमा निष्कर्ष निस्किएको इटहरी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख घनश्याम सिक्देलले जानकारी दिएका छन् ।
=अहिलेदेखि रहेको कोरोना संक्रमणको दर भोलिको भयावहको संकेत भएको भन्दै यसलाई रोक्न सरकारले समयमै लकडाउन लागू गर्नुपर्ने इटहरी अस्पतालका चिकित्सक शिव कुमार झा बताउँछन् ।
सुनसरी जिल्ला कोरोना संकट व्यावस्थापन केन्द्रको बैठकले सुनसरीका सबै पालीकालाई आईसोलेसन तयार पार्न निर्देशन गरेको छ । तर इटहरीमा भने अहिलेसम्म बनाउने काम शुरु हुन सकेको छैन ।
अन्य स्थानिय तहरुमा जस्तै इटहरमिा समेत आसुलेसनको आवश्यक्त रहेको पाइन्छ । यहा रहेका स्वास्थ्य सामाग्री जसरी लथालिङग अवस्थामा रहेका छन् कोरोना संक्रमितहरु यत्र तत्र भौतारिरहेको अवस्थामा यसको उचित प्रयोग गर्न इटहरी उपमहानगरपालिकाले ध्यान दिन आवश्यक रहेको छ ।




















