इटहरी , कोरोना संकमणको दर उच्च हुन हुन थालेपछी बिभिन्न सरकारी निकायले सतर्कता अपनाउन थालेका छन् । कहिले माक्क बितरण त कहिले विभिन्न निकायसंग कोरोना संक्रमण कम गर्न अन्तरकृया गदै आएका छन् । यता सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. ९ ले वडा भरका टोल बिकास संस्थाहरुसंग छलफल कार्यक्रम सम्पन्न गरेको छ । बुधबार कोरोना न्युनिकरण गर्न सरकारी निकायले मात्र नभई टोल टोलमा सम्पुर्णले आफ्नो ठाउँबाट सुरक्षा अपनाउन वडा कार्यालयले अनुरोध समेत गरेको छ । स्थाननिय तथा बाहिरबाट आएका सर्वसाधरणको निगरानि टोल बिकास सस्थालेनै गर्न पाउने उक्त छलफलमा वडा अध्यक्ष भुपेन्द्र बरालले बताएका छन् । कोरोना संक्रमितको पहिचान गरि वडा कार्यालय सम्म खवर पुर्याउने काम टोलका अध्यक्षले गर्ने समेत बरालले बताएका छन् । 

178460832_2951713305074988_6052189389372678406_n

177714937_844268136161830_6566915744810592411_n