इटहरी , कोरोना महामारिको दोस्रो प्रभाव नेपालका बिभिन्न मुख्य सहरहरुमा फैलन थालेको छ । यसको प्रत्यक्ष प्रभाव सुनसरीको इटहरीमा समेत परेको पाइन्छ । यसरी संक्रमणको दर उच्च हुन थालेपछी बिभिन्न सरकारी तथा गैर सरकारी संथाहरुले उच्च सुरक्षा अपनाउन आग्रह गर्दै आएका छन् ।
कोरोना संक्रमण र उच्च जोखिमका कारण सुरक्षाका आधारभुत मापदण्ड पालना गर्न १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनचेतनामुलक कार्यक्रम आयोजना गदै आएको छ । कहिले तपाइको "माक्क खै" त कहिले "नमस्कार " गर्दै यात्रु , सवारी चालक र सर्वसाधरणलाई सचेत गराउदै आएको छ । कोरोना महामारीको संक्रमण अवस्थावाट इटहरी समेत उच्च जोखिममा परेपछी माक्सको प्रयोगमा कडाई गरिदै आएको हो । १ नम्बर प्रदेश विशेषगरि कोरोनाको केन्द्र बनेको भारतबाट नेपाल पस्नेहरुले जोखिम बढाएको भन्दै कडाई गरिन थालिएको छ ।
कोरोनाको उच्च जोखिम रहेका स्थानहरु विशेषगरी धरान, इटहरी, विराटनगर, दमक काकडभिट्टा जस्ता क्षेत्रमा तपाईको माक्क खै भन्ने अभियानै सञ्चालनमा आएको छ । कोरोना संक्रमण न्युनिकरणका लागी केहि हदसम्म माक्क ठुलो भुमिका खेल्ले हुदा यात्रु , सवारी चालक , सर्वसाधरणहरुलाई माक्स खै भन्दै माक्स हलाउन सल्लाह दिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय प्रदेश १ इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सञ्जीव शर्माले बताएका छन् ।
आम सर्वसाधरणले कोरोना संक्रमणबाट बच्ने हो भने नेपाल सरकारले जारि गरेको सुरक्षा मापदण्ड उचित रुपमा प्रयोग गर्नुपर्ने देखिन्छ । कतिपय उच्च जोखिम रहेका स्थानहरुमा सर्वसाधरणकै लापर्वाहिका कारण समेत जोखिम उच्च भएको पाइन्छ ।




















