काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षले हाम्रा सोच र व्यवहारमा परिवर्तन ल्याओस् भनि कामना ब्यक्त गरेका छन् । नयाँ वर्ष २०७८ को पूर्व संध्यामा मंगलबार शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले टाठा बाठा मात्र सुखी सम्पन्न सुविधा भोगी हुँदै जाने अरु निमुखा सर्व साधारणहरुको जीवनस्तर कहिल्यै नउठ्ने खालको गतिबिधि र पद्धति त्याग्नै पर्ने उल्लेख गरेका छन् । उनले भनेका छन,‘राजनीतिक नैतिकता, जनताप्रतिको उत्तरदायित्व, निष्ठा र इमान्दारी हामी सबैमा हुनु पर्दछ । यसका लागि आपसि भाँडभैलो, अनमेल र द्वन्द्वको अन्त हुन पर्छ अनि समन्वय, सामञ्जस्य पनि रहनु पर्दछ ।’ यसैगरी पूर्वराजाले हाम्रा पिता पूर्खा तथा त्यागी वीर वीरगांनाहरुले जोगाएको हाम्रो साझा बारी नेपाललाई सबै मिलेर स्याहार सुसार गर्नु र सजाउनु रहेको उल्लेख गर्दै यसका निम्ति हिमाल,पहाड,तराई सबै नेपाली बिना भेदभाव र बिना संकोच मिलेर जानु पर्नेमा जोड दिएका छन् । हेर्नुहोस् पूर्व राजाले नयाँ वर्षका अवसरमा दिएको शुभकामनाको पूर्ण पाठ :171875848_448358792901193_768322499684436310_n