इटहरी । सुनसरीको दुहवीमा सम्पन्न तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरी तान आउट डोर च्याम्पेसिपको उपाधी डिफेन्डीगं च्याम्पेन भारतको पटना टिमलाई हराउदै प्रदेस नम्बर १ ले उचालेको छ ।
दुहवीको सरस्वती माविको खेल मैदानमा भएको फाइनल खेलमा प्रदेस नम्बर १ले पटनालाई सोझो दुई सेटमा पराजित गरी उपाधि हात पारेको हो ।
विजेता प्रदेस नम्बर १ टिमलाई कार्यक्रमका प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, दुहवी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार , डोरी तान संघका केन्द्रीय अध्यक्ष भवानी प्रसाद पौडेल सुनसरी डोरी तान संघका अध्यक्ष निश्चल राज शाक्यले नगद एक लाख ,शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरे ।
उपविजेता भारतीय टिम नगद ५० हजार र शिल्ड ,मेडल र प्रमाण पत्रमा चित्त वुझायो । सुनसरी डोरी तान संघले आयोजना गरेको प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथी राखेपका सदस्य सचिव सिलवालले नौं राष्ट्रिय प्रतियोगिताबाट डोरी तानलाई पनि समावेश गर्ने प्रतिवद्धता जनाए ।
सदस्य सचिव सिलवालले हिमाल ,पहाड ,तराई जहाँपनि खेल्न सकिने डोरी तान खेलको विकासमा राखेपले समेत ध्यान दिएको समेत वताए ।