क्रिकेटर सचिन तेन्दुलकर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमणपछि अस्पताल भर्ना भएका तेन्दुलकर एक हप्तापछि घर फर्किएका हुन् । 

आफू अस्पतालबाट घर फर्किएको र हाल क्वारेनटाइनमा बस्ने जानकारी उनले दिएका छन् । 

४७ वर्षका सचिन २७ मार्चमा कोरोना भाइरस पोजिट भएका थिए। उनलाई संक्रमण भएको ६ दिनपछि मुम्बईको अस्पतालमा भर्ना गरिएको थियो।