धनकुटा । निशान भगवती मन्दिर व्यवस्थापन समितिले नव वर्ष २०८१ तथा चैते दशैको उपलक्ष्यमा मन्दिर परिसरमा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

निशान भगवती मन्दिरमा वालिएको अखण्ड दियोलाई परिक्रमा गर्दै उद्घाटन गरिएको उक्त कार्यक्रममा विशिष्ठ अतिथि विश्रान्ति मन्दिर व्यावस्थापन समिति अध्यक्ष शारदा मिश्रले उक्त कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अखण्ड दिप प्रजल्वन र लाखवत्ति लक्ष्यवर्तिकाको परिभाषा, महत्व दर्शाउदै अखण्ड दीप किन बालिन्छ र कसरी बालिन्छ । बाल्दा के हुन्छ । कस्तो दीपलाई अखण्ड दीप भनिन्छ । अखण्ड दीप निभ्न गएमा कहाँ बाट कसरी बत्ति ल्याएर बाल्नु पर्छ । लाखवत्ति काट्ने तरिकालगायतका विषयमा जानकारी गराउनु भयो । 

सम्पुर्ण जनताको सुखि र खुसिका साथै कसैले पनि अकालमा मृत्यु हुनु नपरोस भनेर निशान भगवतीमा अखण्ड दियो बालिएको उहाँको भनाइ छ । उहाँका अनुसार यसैगरी लाख बत्ति जस्ले बाल्छ उस्ले बाल अवस्था, किसोर अवस्था र युवा अवस्थामा अनजानमा गरेका पाप र महिला दिदिबहिनीहरुले महिनामा चारदिन पर सरेका बखत जानी नजानी गरेका पापबाट मुक्त पाउँन सकिने छ । बत्ति जलाउदा मागेको र ताकेको पुग्नुका साथै अनजानमा गरेको दोस गल्तिहरूबाट छुट्करा पाउन सकिने लगायतका विषयमा उक्त अवसरमा भक्तजनहरूलाई जानकारी गराउनु भएको थियो ।WhatsApp Image 2024-04-14 at 19.36.00

निशान भगवतीले नेपाली सेना र जनताको विचको सम्बन्धको अनुपम उदाहरण दर्शाएको छ ।

नेपाली सेना र नेपाली जनता नदिका दुइटा किनार नभएर एउटै सिक्काको दुईपाटा हुन भन्ने कुरा देखाएको प्राध्यापक डाक्टर तीर्थ प्रसाद मिश्रले बताउनु भयो । vlcsnap-2024-04-15-12h03m36s169

निसान मन्दिर र भक्तजनलाई जोड्न सफल नेपाली सेनाको भुमिका अह्म रहेकोले अव गुमेको धनकुटाको शान विस्तारै फर्काउन सकिने भक्तजनहरूको भक्तिप्रतिको आस्था देखेर सुनसान धनकुटामा चहलपहल बढ्ने विश्वास सबैमा जागेको छ । सोहि अवसरमा भत्तजनहरूले भत्तिभावले प्रेरित भई निशान भगवतिलाई सम्झदै भजन किर्तन, संगिनि गाउँदै नाचगाान समेत गरेर चैते दशै तथा नयाँ बर्षको शुभकामना आदान प्रदान गर्नुभएको थियो । 

जादै गरेको २०८० लाई विदाई एवं नयाँ बर्ष २०८१ लाई स्वागत गरिएको थियो । साँझमा निशान भगवती भन्दिरमा आरतीमा गरि कार्यक्रमको समापन गरिएको थियो ।WhatsApp Image 2024-04-14 at 19.18.27

जिल्ला प्रशासन कार्यालय धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेल को प्रमुख आतिथ्यता एवं विश्रान्ति मन्दिर व्यावस्थापन समिति का संयोजक एवं भिमदल गण सल्लेरी ब्यारेक धनकुटाका गणपति प्रमुख सेनानी सुमन थापाको सभापतित्वमा सम्पन्न शुभकामना आदान प्रदान कार्क्रममा विशिष्ठ अतिथि विश्रान्ति मन्दिर व्यावस्थापन समिति अध्यक्ष शारदा प्रसाद मिश्र, निशान भगवती मन्दिर व्यवस्थापन समिति सचिव जनार्दन घिमिरे, प्राध्यापक डाक्टर तीर्थ प्रसाद मिश्र, शशस्त्र प्रहरी वल नम्वर ६ गुल्म हेक्वा का प्रमुख सुदन भारती , स्थानीय भक्तजनलगायतको उपस्थिति रहेको थियो ।