इटहरी । पुर्व क्षेत्रका विद्यार्थी तथा अभिभावकहरुको आकर्षणको केन्द्का रुपमा विकास भई रहेको सुनसरीको इटहरीमा रहेको विश्व आर्दश कलेजले कक्षा १२का विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरि विदाई गरेको छ ।

     शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा पुर्व क्षेत्रमै नाम कमाएको विश्व आर्दश कलेजले विज्ञान तथा व्यवस्थापन संकायका कक्षा १२का विद्यार्थीहरुलाई औपचारिक कार्यक्रमको आयोजना गरि बिदाई गरेको हो ।WhatsApp Image 2024-04-16 at 18.18.48

 विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरेको अध्यक्षतामा भएको कार्यक्रममा खेलकुद तथा अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीहरुलाई पुृरस्कार समेत वितरण गरियो ।

शैक्षिक ,खेलकुद , तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने १४जना विद्यार्थीहरुलाई विशेष पुरस्कार प्रदान गरियो ।WhatsApp Image 2024-04-16 at 18.18.50 (1)

विज्ञान र व्यवस्थापन संकायका ५सय ९३जना विद्यार्थीलाई विदाई गर्ने कार्यक्रममा पुरस्कृत विद्यार्थीहरुलाई विश्व आर्दश एकेडेमीका अध्यक्ष लेखनाथ घिमीरे , प्राचार्य गणेश कुमार दुलाल , सञ्चालक विमल पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए । विश्व आर्दश एकेडेमीले प्रविधि मैत्री पठन पाठनमा समेत जोड दिदै आएको छ ।WhatsApp Image 2024-04-16 at 18.18.50