धनकुटा । भारतीय राजदुतावासले धनकुटा जिल्लालाई उपहार स्वरुप हस्तान्तरण गरेको वस धनकुटा आईपुगेको छ ।

भारतीय राजदुतावासले एक कार्यक्रमका साथ काठमाण्डौंमा आईतबार धनकुटा जिल्लाकालागि तीन थान स्कुल बस र एक थान एम्बुलेन्स उपहार स्वरुप हस्तान्तरण गरेको थियो । उक्त बस शोमबार धनकुटा आईपुगेको हो ।

गोकुण्डेश्वर माध्यमिक विद्यालयमा वस आईपुग्नासाथ भब्यरुपमा विश्वकर्मा बाबाको पुजाआरधना गरी वसलाई विद्यालय परिसरमा प्रवेश गराईएको छ । शैक्षिक सुधार र सामुदायिक विद्यालय प्रतिको सकारात्मक सोच र सुधारको लागि बस सञ्चालनबाट सामुदायिक बिद्यालयलाई थप प्रोत्साहन मिल्ने छ । 

गतबर्ष शिक्षा विज्ञ तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय स्तरमा उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भएको धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयका लागि दिईएको स्कुल वस शोमबार धनकुटा स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयमा आईपुगेको विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकास चापागाँइले बताउनु भयो ।

उक्त विद्यालय सँगै जिल्ला स्थित महालक्ष्मी नगरपालिका २ मुलखर्कमा सञ्चालनमा आएको श्री शारदा माध्यमिक बिधालय र महालक्ष्मी नगरपालिका ५ साल्घारी स्थित अरुणोदय माध्यमिक विद्यालयलाई पनि स्कुल वस हस्तान्तरण गरिएको छ । IMG_1709 (2)

अर्थमन्त्री बर्षमान पुनले महालक्ष्मी नगरपालिका २ मुलखर्क स्थित सञ्चालनमा आएको श्री शारदा माध्यमिक बिधालयकालागि उपहार स्परुप हस्तान्तरण गरिएको स्कुल वसको चावि महालक्ष्मी नगरपालिकाका नगरप्रमुख ध्रुवराज रायालाई हस्तान्तरण गर्दै बस हस्तान्तरण गर्नुभएको थियो भने महालक्ष्मी नगरपालिका ५साल्घारी स्थित अरुणोदय माध्यमिक विद्यालयकालागि दिइएको स्कुल वसको चावी विद्यालयका प्रधानाध्यापक दिपेन्द्र ढकाललाई हस्तान्तरण गर्दै स्कुल वस हस्तान्तरण गर्नुभएको महालक्ष्मी नगरपालिका २ का वडा अध्यक्ष पदम रखालले जानकारी दिनु भयो । 

यसैगरी धनकुटा नगरपालिका ६ स्थित गोकुण्डेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक यज्ञ प्रकास चापागाँइलाई वसको चावी हस्तान्तरण गर्दै हस्तान्तरण गरिएको स्कुल वस धनकुटा आईपुगेको हो । सोहि अवसरमा साँगुरिगढी गाउँपालिकालाई एक थान एम्बुलेन्स हस्तान्तरण गरिएको छ । उक्त एम्बुलेन्सको चावी पालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीलाई हस्तान्तरण गर्दै एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप हस्तान्तरण गर्न आयोजित एक समारोहमा धनकुटा जिल्लाकालागि पनि उपहार स्वरूप एकथान एम्बुलेन्स र तीनथान स्कुल बस हस्तान्तरण गरिएको हो ।

उक्त साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप हस्तान्तरण गर्न आईतबार आयोजित समारोहमा भारतिय राजदुतावासले नेपाल भरी १०० भन्दा बढी स्कुल बस, एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रममा धनकुटालाई पनि उपहार स्वरुप वस र एम्बुलेन्स प्रदान गरिएको महालक्ष्मी नगरपालिकाका नगर प्रमुख धु्रुबराज रायाले बताउनु भयो । 

नेपाल सरकारको अर्थ मन्त्री बर्षमान पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा महालक्ष्मी नगरपालिका नगर प्रमुख धु्रुबराज राया, साँगुरिगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली, शारदा माबी, अरुणोदय माबी ,गोकुन्डेश्वर माविका प्रधानाध्यापक, बिध्यालय ब्यावस्थापन समितिका अध्यक्ष लगायतको उपस्थितिमा वसको चावी हस्तान्तरण गरिएकोे थियो ।