नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका तीन विद्यार्थी नेताहरु कारवाहीमा परेका छन् ।

अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने अनेरास्ववियूका अध्यक्ष ऐन महरले नेताहरु आरती लामा, सुदेश पराजुली र वसिम आलमलाई कारवाही गरेको हो ।

आज (मंगलवार) एक विज्ञप्ति जारी गर्दै अध्यक्ष महरले संगठनको हित विपरित काम गरेको बताउँदै तीन विद्यार्थी नेताहरुलाई कारबाही गरेको जनाएका छन् ।

नेता नेपाल पक्षका विद्यार्थीहरुले गत चैत १० गते अनेरास्ववियूको समानान्तर कमिटी घोषणा गरेका थिए । साथै अध्यक्ष महरले उनीहरुलाई स्पष्टीकरण सोधेको तर जवाफ नआएको कारण कारवाही गरिएको जनाएका छन् ।

karba