इटहरी /  राईड सेयरिंग सेवा मोटरगाडी प्रदेश न १ सहित एकै पटक पोखरा र बिरगंजमा सुरुहुने भएको छ । भिगोरइन्कर्पोरेसनद्वारा संचालित ‘मोटरगाडी’ यातायात साझेदारी प्रदान गर्ने एप हो जसमा अनलाइन मार्फत सवारीबुक गर्न सकिने छ  । 

पोखरास्थित ‘कप्स कफी बार’ संग सम्झौता पत्रमा हस्ताक्षर गरेको भिगोरइन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले  बताए  । कप्स कफी बारका संचालक निकेश श्रेष्ठका अनुसार पर्यटकिय गन्तव्य एवम बढ्दो सवारी चापका कारण सहज र सुरक्षित यात्राका लागि पोखरामा यो सेवा अत्यन्तै जरुरी रहेकोछ । उनले पोखराका प्रयोगकर्ताका लागि त्यहाँको आवश्यकता अनुसार गुणस्तरीयसेवा प्रदान गर्ने बताए  ।

pkr motorgadi

त्यसैगरी, मोटर गाडीले बिरगंजमा रहेकोट्राभल्स एंड टुर्स् कम्पनी ई. एन.पी डेस्टिनेशन प्राईभेट लिमिटेड संग पार्टनरसिप सम्झौता पत्रमा हस्ताक्षर गरेकोछ । भन्सार नाकारहेकालेआवत जावत धेरै हुने हुदाँ बिरगंजमा यो सेवा प्रयोगकर्ता लाई राम्ररी दिन सकिने ई. एन.पी डेस्टिनेशनका संचालक दिपेन्द्र श्रेष्ठले बताए ।  

Birjung

हालै मोटर गाडी सेवाले इटहरीबाट आफ्नो डेमो राईड सुरु गरेको छ । प्रयोगकर्ता हरुमाझ पुगाउनु आघि सम्पूर्ण टेक्निकलत्रुटीहरुलाई समाधान गरी एपको प्रयोग सजिलो बनाउन अन्तरिक डेमो राईड गरिएकोरिसर्च एंड डेवलोपमेन्ट म्यानेजर उदयदिप चौधरीले बताए  । चौधरीका अनुसार आगामी बैशाखबाट पूर्ण रुपमा सम्पूर्ण प्रयोगकर्ता हरुलेयो सेवागुगल प्लेस्टोरबाट डाउनलोड गरीप्रयोग गर्न सक्नेछन् ।  साथै टु जी प्रयोगकर्ताहरुले समेत मोटर गाडी लाईट भर्जन बैशाख बाटनै प्रयोग गर्न सक्नेछन् । 

motorgadi and pkr team

के हो मोटरगाडी ?

मोटरगाडी राइड सेयरिंग सेवा प्रदान गर्नेअनलाइन प्लेटफर्म हो । विश्वभरिका राइडसेयरिंग  कम्पनी जस्तै मोटरगाडीले अल्गोरिदमको प्रयोग गरी यात्रुहरुलाई एउटै गन्तव्य तर्फ जाने नजिकैको चालकहरु संग सम्पर्कमा ल्याऊदछ ।  हाल मोटरगाडीले मोबाईल एपद्वारा अटो, कार तथा मोटरसाइकल मार्फत सवारी सेवा प्रदान गर्दै ्यो   सेवाबाट जो कोहिलेपनि जुन सुकै समय र  स्थान बाट सजिलो तरिकाले सवारी बुक गर्न सक्छ  ड्राइभर पार्टनरका लागि चालक साथीहरुले नामक एपगुगल प्लेस्टोरबाट इन्टरनेट सहितको एनड्रोइड मोबाईलमा डाउनलोड गरी प्रयोग गर्न सकिन्छ । 

यसमा अनलाइन तरिकावाट पनि बुकिङ, डिजिटल माध्यम वा नगद, दुवै प्रयोग गरी भाडा भुक्तानी, महिला यात्रुले महिला चालक नै छान्न मिल्ने , आफ्नो लोकेसन ट्रयाक गर्न मिल्ने , वातावरण सुधारका साथै इन्धनको बचत हुने कुरा समेत भिगोरइन्कर्पोरेसनका प्रमुख अजय गच्छेदारले  बताए  ।