पथरी ।

मोरङको पथरीमा जारी प्रथम नगर स्तरीय मैत्रीपूणर् फुटबल टुर्नामेन्टमा शुक्रवार भएको खेलमा २-० गोल अन्तरले विजयी हुदै पथरी शनिश्चरे वडा नं. नौ सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनलको यात्रा तय गर्ने क्रममा वडा नं. नौ का लागि पहिलो गोल खेलको २३ औ मिनेटमा विनोद राईले गरेका थिए ।

राईले सेनेहाङ लिम्बुले प्रहार गरेको बल वडा नं. १ का गोलरक्षक विशाल दर्लामी मगरले क्याच गर्ने क्रममा रिवाण्ड भएर आएको गोललाई सही सदुपयोग गर्दै चाली चुमाउदै गोलको खाता खोलेका थिए । 


खेलको पहिलो हाफ १-० को अन्तरमा समाप्ती भए सगै दोस्रो हाफमा लयमा फर्कने आशा बोकेका दर्शक भने खेलको ५९ औं मिनेटमा पुनः नौ ले नै थप गोल गरेपछि निराश बनेका थिए ।

वडा नं. नौ लाई २-० को अन्तरमा जित दिलाउनका लागि खेलको ५९ औ मिनेमा सेनेहाङ लिम्बुले गोल गर्दै टिमलाई २-० ले विजयी बनाए ।

शुक्रवारको खेलको म्यान अफ द म्याच विजेता टिमका विनोद राई घोषित हुदै नगद १ हजार ५ सय रुपैया र मेडल हात पारे । उनलाई खेलको प्रमुख अतिथि पर्शुराम कार्कीले नगद र मेडलले सम्मान गरे । 

शनिवारकोे खेल वडा नं. २ र ८ बीच हुने आयोजकले जनाएको छ ।