इटहरी । शिखर पुरुष पुर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको ११औं स्मृति दिवसको अवसर पारेर सुनसरीको इटहरीमा प्रदेस नम्बर १ स्तरीय अन्तर नगरपालिका स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

  गिरिजाप्रसाद कोइराला फाउन्डेसन युवा तथा खेलकुद विभाग प्रदेश नम्बर १ ले इटहरीमा फुटबल प्रतियोगिता सहित निशुल्क स्वास्थ्य शिविर र सांगितीक कार्यक्रम आयोजना गर्न लागिएको पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।IMG_8371 - Copy

   जीपी कोइराला फाउण्डेशनका प्रदेस नम्बर १का संयोजक सुर्य राईले इटहरी रंगशालामा आगामी बिहीबारबाट सुरु हुने खेलमा ८ वटा नगरपालिकाका टिमको सहभागीता रहने जानकारी गराए । उनले प्रतियोगितामा इटहरी उपमहानगरपालिका , विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, चौदण्डीगढी नगरपालिका  , उर्लाबारी नगरपालिका, दमक नगरपालिका , इनरुवा नगरपालिका  र धनकुटा नगरपालिकाको  सहभागी जनाउने जानकारी दिदै विजेता टिमले नगद दुई लाख र उपविजेताले नगद एक लाख सहित शिल्ड प्रमाण पत्रले पुरस्कृत गर्ने समेत राईले वताए ।

     फुटबल प्रतियोगिता सहित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानका विशेषज्ञ चिकित्सकहरुबाट निशुल्क स्वास्थ्य परिक्षण सहित निशुल्क औषधी समेतको स्वास्थ्य शिवर र चर्चित गायिका मेलिना राई ,प्रितम आचार्य ,सेविका कोइराला लगायतका कलाकारहरुको प्रस्तुति समेत रहेको सांगितीक कार्यक्रम समेत आयोजना गरिने जानकारी गराइयो । प्रवेश शुल्क निशुल्क रहेको समेत सो अवसरमा आयोजक संस्थाले जानकारी गरायो । कार्यक्रममा सुनसरी फुटवल संघका कोषाध्यक्ष कोविद जंग कार्की , रोशन तामागं लगायतको पत्रकार सम्मेलनमा सहभागिता रहेको थियो ।