इटहरी ॥ प्रथम भारत अन्तराष्ट्रिय तेकवन्दो फेस्ट च्याम्पियनसीप २०२४मा सहभागी हुन बुढिगंगा मार्सल आर्टस क्लब इटहरी भारत प्रस्थान गरेको छ ।
शनिबार
बुढिगंगा मार्सल आर्टस क्लब इटहरी खेलाडी
तथा प्रशिक्षहरुका साथ भारतको दिल्ली
पब्लिक स्कुल गएका हुन् ।
डोजाङका प्रमुख एवं प्रमुख प्रशिक्षक
अभिनाश थापा रहेका छन्
। त्यस्तै टोलीको प्रबन्धकमा रमेश खत्री रहेका
छन् । बुढिगंगा मार्सल
आर्टस क्लब इटहरीलाइ प्रथम
भारत अन्तराष्ट्रिय तेकवन्दो फेस्ट च्याम्पियनसीप २०२४ मा प्रतिनिधि गर्नै खेलाडिहरुमा सायन गुरुङ , सोयल
चौधरी , प्रज्जवल तामाङ , खुस्बु लिम्बु , सिम्रन राइ , विनिशा राइ , सम्राट राइ , ओजस्वि बरुवाल , एल्जन राइ , अपना मगर , चेतनाथ
पन्त , सोनिया देउवान , रोशन श्रेष्ठ , अनमोल
श्रेष्ठ , युनिसा लिम्बु रहेका छन् । खेल
यहि जुन २८ देखि
३० जुनसम्म भारतको दिल्ली पब्लिक स्कुलमा हुने छ ।
तेकवन्दो प्रतियोगितामा
विभिन्र देशका खेलाडिहरुको सहभागिता रहनेछ । बुढिगंगा मार्सल
आर्टस क्लब इटहरी खेलाडिहरुलाइ
शुक्रबार नै एक कार्यक्रमका
बिच बिदाइ गरिएको डोजाङका विष्णु श्रेष्ठले जानकारी दिएका छन् ।