ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभानमा भीषण आगलागी हुँदा करिब १० वटा घर जलेर क्षति भएको छ।

आगलागीपछि नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका छन्। आगो निभाउन दमकलसमेत प्रयोग गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले जानकारी दिएका छन्।

सशस्त्र प्रहरी बल नेपाल नं. १ कञ्चनजंघा गुल्मबाट समेत सुरक्षाकर्मीको टोली घटनास्थलमा परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

दोभानमा करिब ५० घरधुरी रहेको जनाइएको छ। आगलागीको कारण तथा थप क्षतिको विवरण भने आउन बाँकी रहेको छ।