इटहरी । युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र समुदायसँगको सहकार्यलाई प्राथमिकतामा राख्दै इटहरी जेसीजले ‘जेसीज सप्ताह २०२६’ आयोजना गर्ने भएको छ। ‘Developing Leaders for a Changing World’ भन्ने मूल भावनासहित आयोजना हुने सप्ताहअन्तर्गत विभिन्न सामाजिक, शैक्षिक, स्वास्थ्य तथा नेतृत्व विकाससम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको हो।

इटहरी जेसीजले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार भदौ २५ गतेदेखि भदौ ३१ गतेसम्म सातवटा छुट्टाछुट्टै कार्यक्रम आयोजना हुनेछन्। भदौ २५ गते सप्ताहको सुरुवात ‘Opening Ceremony & The Wheels of Hope (Wheelchair Marathon)’ बाट हुनेछ। उक्त कार्यक्रम बिहान ७ः३० बजे सुरु हुने कार्यक्रमको संयोजन जेसी अनोज पोखरेलले गर्ने आयोजकले जनाएको छ।
सप्ताहको दोस्रो कार्यक्रमअन्तर्गत ‘Shikshya Upahar (Gift of Education)’ आयोजना हुनेछ। सोही दिन दिउँसो ३ बजे हुने उक्त कार्यक्रममार्फत शिक्षा क्षेत्रमा सहयोग तथा सामाजिक उत्तरदायित्वलाई जोड दिइनेछ भने यस कार्यक्रमको संयोजन जेसी प्रसन्न तिम्सिनाले गर्नेछन्।
त्यसैगरी भदौ २६ गते बिहान ‘Voice of Tomorrow’ अर्थात् Late Tanka Pd. Niraula Memorial Inter School (+2) Oratory Contest आयोजना हुनेछ। विद्यार्थीको वक्तृत्वकला, आत्मविश्वास र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले आयोजना हुने प्रतियोगिताको संयोजन जेसी सुगम कार्कीले गर्नेछन्।
सोही दिन दिउँसो १ बजे Religious Quiz Competition सञ्चालन गरिनेछ। ज्ञान तथा धार्मिक–सांस्कृतिक विषयप्रति युवाको रुचि बढाउने उद्देश्यले आयोजना हुने प्रतियोगिताको संयोजन जेसी सुप्रिया बस्नेतले गर्नेछिन्।
कार्यक्रमको पाँचौँ शृंखलाअन्तर्गत भदौ २८ गते Late Devendra K. Shrestha Inter Jaycees Running Quiz Competition आयोजना हुनेछ। युवाबीच ज्ञान, प्रतिस्पर्धात्मक भावना र सहकार्यको विकास गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको हो। प्रतियोगिताको संयोजन जेसी मिलन कार्कीले गर्नेछन्।
त्यस्तै, भदौ ३० गते बिहान १० बजे Health Camp आयोजना गरिनेछ। समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि तथा स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन हुने स्वास्थ्य शिविरको संयोजन जेसी सरोज चौलागाईंले गर्नेछन्।
जेसीज सप्ताहको अन्तिम दिन भदौ ३१ गते ‘Leaders for Tomorrow & Closing Ceremony’ आयोजना गरिनेछ। यससँगै साताव्यापी कार्यक्रम औपचारिक रूपमा समापन हुने कार्यक्रमको संयोजन जेसी प्रज्वल बस्नेतले गर्नेछन्।
इटहरी जेसीज सन् १९८८ मा स्थापना भएको संस्था हो र युवालाई नेतृत्व तथा व्यक्तित्व विकासका अवसर उपलब्ध गराउँदै समुदायमा सकारात्मक परिवर्तनका लागि काम गर्दै आएको छ।

साताव्यापी कार्यक्रम तालिका
भदौ २५ — Opening Ceremony & The Wheels of Hope (Wheelchair Marathon) — बिहान ७ः३०
भदौ २५ — Shikshya Upahar (Gift of Education) — दिउँसो ३ः००
भदौ २६ — Voice of Tomorrow — बिहान ८ः००
भदौ २६ — Religious Quiz Competition — दिउँसो १ः००
भदौ २८ — Late Devendra K. Shrestha Inter Jaycees Running Quiz Competition — बिहान ११ः००
भदौ ३० — Health Camp — बिहान १०ः००
भदौ ३१ — Leaders for Tomorrow & Closing Ceremony — दिउँसो २ः३०
इटहरी जेसीजका अनुसार सप्ताहले युवाको नेतृत्व क्षमता विकाससँगै शिक्षा, स्वास्थ्य, सामाजिक सेवा, ज्ञान तथा सामुदायिक सहभागिताका क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका लागि आयोजकले हाल Venue सार्वजनिक नगरेको जनाएको छ।
इटहरी जेसीजका महासचिव जेसी टंकमणि न्यौपाने (रबिन), प्रमुख सह-समन्वयक/EVP जेसी प्रमोद घिमिरे (भान्जा) तथा अध्यक्ष जेसी मिसन पराजुली रहेका छन्।




















