इटहरी / रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि नेपाल युवा उद्यमी मञ्च (NYEF) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।
NYEF का अध्यक्ष आभूषण ज्योति कंसाकारसहितको टोलीले उक्त रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो।
NYEF का अनुसार देशभर रहेका विभिन्न च्याप्टर, उद्यमी, सदस्य तथा संस्थाहरूको सहकार्यमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ करोड रुपैयाँभन्दा बढी सहयोग जुटाइएको छ। बाढी प्रभावित क्षेत्रमा राहत तथा सहयोगका कार्यक्रमसमेत सञ्चालन भइरहेका छन्।
मञ्चले राहतसँगै प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माणका लागि समेत निरन्तर सहयोग गर्ने जनाएको छ।




















