इटहरी । राष्ट्रिय माध्यमिक विद्यालय तथा स्काउट ट्रुपको आयोजनामा स्काउट विद्यार्थीहरूको शारीरिक, मानसिक तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित गाँठो प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

विद्यालयको प्राङ्गणमा २०८३ भदौ १३ गते आयोजित प्रतियोगिता विद्यालयका प्रधानाध्यापक तथा ट्रुप कमिटी अध्यक्ष शरणकुमार बस्नेतको सभापतित्व तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं इटहरी उपमहानगरपालिका–१ का वडा अध्यक्ष रतन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा आमा समूहकी अध्यक्ष जुनु गेलाल, सहायक प्रधानाध्यापक लक्ष्मीप्रसाद सुवेदी, यमुना बस्नेत, इटहरी युथ ओपन क्र्युका अध्यक्ष फणीन्द्रप्रसाद दाहाल, रोभर लिडर डिल्लीकुमार शर्मा लगायत विभिन्न स्काउटर, शिक्षक तथा अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यस्तै, स्काउटरहरू प्रशान्त दाहाल, दिलीप चौधरी, रविन थापा, शारदा दाहाल, नारायण खवास, अच्युत निरौला, ग्रीन क्लब संयोजक लक्ष्मण घिमिरे, शिक्षकहरू सम्पत चौधरी र कल्याण दाहाल लगायतको विशेष सहभागिता रहेको थियो। कार्यक्रममा स्काउटरहरू सुस्मिता निरौला, सुमन बराल, रविना बस्नेत र पायल थापाको पनि उपस्थिति थियो।IMG-20260830-WA0065

स्काउटर वन्दना दाहाल बस्नेतको संयोजकत्वमा सम्पन्न प्रतियोगिताको मुख्य निर्णायकको भूमिका स्काउटरहरू गोविन्द गडेरी, धीरेन शाह र अजय मण्डलले निर्वाह गरेका थिए। निर्णायकहरूको उत्कृष्ट मूल्यांकनका आधारमा जनसहयोग स्काउट ट्रुप प्रथम, कबिर स्काउट ट्रुप द्वितीय, सनराइज स्काउट ट्रुप तृतीय तथा कोसी सेन्ट जेम्स स्काउट ट्रुपले सान्त्वना स्थान हासिल गरेका छन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने सम्पूर्ण स्काउट ट्रुप तथा सहभागीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ।IMG-20260830-WA0075

कार्यक्रममा इटहरी युथ ओपन क्र्युका रोभर तथा रेन्जरहरूको उल्लेख्य सहभागिता रहेको थियो। प्रतियोगिता सफल बनाउन क्र्यु परिवारले विशेष सहयोग गरेको भन्दै आयोजकले इटहरी युथ ओपन क्र्युप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ।

विद्यालयले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, सहकार्य, आत्मनिर्भरता तथा व्यवहारिक ज्ञान विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।