इटहरी । पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ टीभीएस चढ्ने ग्राहकका लागि ल्याइएको ‘अचम्मैको डिल’ योजनाले इटहरीमा राम्रो प्रतिक्रिया पाएको छ। ग्राहकको बढ्दो आकर्षणसँगै टीभीएसले योजनाको अवधि भदौ १५ गतेसम्म थप गरेको हो।

इटहरीस्थित टीभीएसको आधिकारिक विक्रेता पारस अटोमोबाइल्सबाट योजनाअन्तर्गत हालसम्म ५५ वटा मोटरसाइकल तथा स्कुटर बिक्री भइसकेका छन्।

पारस अटोमोबाइल्सका सञ्चालक लीलानाथ लुइँटेलका अनुसार बिक्री भएका सवारीसाधनमध्ये २५ वटा एक्सचेन्जमार्फत र ३० वटा नगद खरिदमार्फत बिक्री भएका हुन्।

योजनामा पुराना मोटरसाइकल तथा स्कुटरको मूल्याङ्कन गरी नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सकिने व्यवस्था छ। साथै, ग्राहकलाई आकर्षक नगद छुट तथा वित्तीय सुविधा उपलब्ध गराइएको छ।

0efe10b8-f9f3-40b1-9162-1a9c3e51829a

नयाँ सवारीसाधन खरिद गर्ने ग्राहकका लागि दैनिक रु. १२४ बाट किस्ता सुविधा सुरु हुने बताइएको छ। त्यस्तै, नयाँ टीभीएस मोटरसाइकल तथा स्कुटर खरिदमा निःशुल्क हेल्मेट समेत उपलब्ध गराइने कम्पनीले जनाएको छ।

योजनाप्रति ग्राहकको चासो बढिरहेको र अवधि थप गर्न ग्राहकबाट समेत आग्रह आएपछि ‘अचम्मैको डिल’लाई भदौ १५ गतेसम्म निरन्तरता दिइएको सञ्चालक लुइँटेलले बताए।

योजनामा टीभीएसका विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटर समावेश छन्। ग्राहकले पुरानो सवारीसाधन एक्सचेन्ज, नगद खरिद वा वित्तीय सुविधामध्ये आफूलाई उपयुक्त विकल्प रोजेर नयाँ टीभीएस सवारीसाधन खरिद गर्न सक्नेछन्।