‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक, बुवाको त्याग र सन्तानसँग बदलिँदो सम्बन्धको कथा

इटहरी । सन्तानको भविष्य र खुसीका लागि जीवनभर संघर्ष गर्ने बुवाको त्याग तथा समयसँगै आफ्नै सन्तानबाट पाउने उपेक्षालाई केन्द्रमा राखिएको नेपाली चलचित्र ‘बा : एक योद्धा’को ट्रेलर सार्वजनिक गरिएको छ।

काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत निर्माण पक्षले चलचित्रको ट्रेलर दर्शकमाझ ल्याएको हो। सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक सम्बन्ध, बुवाको निस्वार्थ प्रेम र आधुनिक समाजमा कमजोर बन्दै गएको पारिवारिक संवेदनालाई मुख्य विषय बनाएको संकेत गरेको छ।

Screenshot 2026-08-23 at 10.00.18 AM

ट्रेलरमा सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार हुने एक बुवाको संघर्ष देखाइएको छ। आफूले जीवनभर दिएको माया, साथ र त्यागको बदलामा जब आफ्नै सन्तानबाट पीडा र तिरस्कार भोग्नुपर्छ, त्यसपछि उनको जीवनमा आउने परिवर्तनलाई चलचित्रको कथाको मुख्य आधार बनाइएको छ।

जन्मभूमि तथा आफ्नै अभिभावकप्रतिको जिम्मेवारी बिर्सिँदै गएको आधुनिक सामाजिक प्रवृत्तिमाथि प्रश्न उठाउने प्रयास ट्रेलरमा देखिन्छ। परिवारभित्रको सम्बन्धमा दरार आएपछि घरको अभिभावकले लिनुपर्ने कठोर निर्णयतर्फ संकेत गरे पनि चलचित्रको मुख्य रहस्य र क्लाइमेक्सलाई भने निर्माण पक्षले ट्रेलरमै खुलासा गरेको छैन।

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसर पारेर चलचित्र भदौ १९ गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

Screenshot 2026-08-23 at 10.00.05 AM

नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि सक्रिय तथा चर्चित गीत–संगीत सिर्जना गर्दै आएका हरि लम्सालले यही चलचित्रबाट फिचर फिल्म निर्देशनमा डेब्यु गरेका हुन्। चलचित्रको कथा तथा पटकथा पनि लम्सालकै रहेको छ। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको चलचित्रलाई पारिवारिक कथामा आधारित भावनात्मक फिल्मका रूपमा प्रस्तुत गरिएको छ।

चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ।

वसन्त लम्साल निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता अनिल बुढाथोकी, सह–निर्माता कृष्ण काफ्ले र लाइन प्रोड्युसर अर्जुन पौडेल हुन्। चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरेका छन् भने तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकका रूपमा रहेका छन्।

चलचित्रलाई देशभर कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ। बुवाको त्याग, सन्तानप्रतिको निस्वार्थ प्रेम र बदलिँदो पारिवारिक सम्बन्धलाई पर्दामा उतारिएको चलचित्रले दर्शकको भावनालाई छुने विश्वास निर्माण पक्षले लिएको छ।